२०८२, २२ माघ बिहीबार

तेमालमा दुई हजारभन्दा बढी स्वास्थ्य परिक्षणः ५ जनामा ज्वरो, ८३ जनामा रुघाखोकी

तेमालमा दुई हजारभन्दा बढी स्वास्थ्य परिक्षणः ५ जनामा ज्वरो, ८३ जनामा रुघाखोकी


धुलिखेल, १७ बैशाखः काभ्रेको तेमाल गाउँपालिकाले सुरु गरेको घर दैलो स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत २ हजारभन्दा बढी स्वास्थ्य परिक्षण गरिएको छ । पालिकाले सोमबारदेखि सबै वडामा घरदैलो स्वास्थ्य जाँच गर्न सुरु गरेको हो । दुई हजार ४२ जनाको स्वास्थ्य परिक्षण गरिसकेको पालिका अध्यक्ष सलाम सिंह तामाङले जानकारी दिए ।

पालिकाको वडा नम्बर १ देखि ९ नम्बरसम्मका घर–घरमै पुगेर स्वास्थ्यकर्मीहरुले स्वास्थ्य जाँच गरिरहेको स्वास्थ्य संयोजक शिवहरि पाठकले बताए । तेमाल गाउँपालिकामा ५ हजार ८ सय घरधुरी रहेका छन् । हालसम्म गरिएको स्वास्थ्य परिक्षणमा ५ जनामा सामान्य ज्वरो र ८३ जनामा सामान्य रुघाखोकी देखिएको छ । ज्वरो र रुघाखोकीका बिरामीलाई स्वास्थ्यकर्मीहरुले औषधि समेत दिएका छन् ।

वडामा रहेको स्वास्थ्य चौकीबाट दुई जना स्वास्थ्यकर्मी परिचालन भएका छन् । गाउँपालिकामा ११ वटा स्वास्थ्य संस्था छ । जसमा ५७ जना कर्मचारी कार्यरत छन् । कुनै पनि घर नछुटाइ स्वास्थ्य परिक्षण गर्न सबै स्वास्थ्य कर्मीहरुलाई निर्देशन दिइएको र सोहि अनुसार काम भइरहेको पालिका अध्यक्ष तामाङले जानकारी दिए ।

कतिपय वडामा जनसंख्या धेरै र भौगोलिक अवस्था कारण स्वास्थ्य परिक्षण गराउन समय लाग्ने पालिका अध्यक्ष तामाङले बताए । उनका अनुसार वडा नम्बर ३ मा अन्य वडाको तुलनामा अलिक छिटो स्वास्थ्य परिक्षणको काम सकिनेछ । ‘तेमाल गाउँपालिकाका हरेक नागरिकको स्वास्थ्य अवस्था पत्ता लगाउन हामीले घर–घरमा स्वास्थ्य कर्मी परिचालन गरेका हौँ, पालिका अध्यक्ष तामाङले भने ‘यो कुनै रहरले होइन, नागरिकको स्वस्थ राख्नु पालिकाको दायित्व हो ।’

प्रकाशित मिति : २०७७, १७ बैशाख बुधबार  ८ : ४२ बजे

सिन्धुलीका बुद्धिजिविहरू उभिए, एमाले उमेदवार मनोज जंग थापाको पक्षमा

सिन्धुली: निर्वाचन नजिकिंदै जाँदा एमाले उमेदवार मनोज जंग थापाले सिन्धुलीका

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले