२०८२, ७ पुस सोमबार

काभ्रे प्रशासनको अर्को आदेश

काभ्रे प्रशासनको अर्को आदेश


धुलिखेल, १६ बैशाखः काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले फेरी अर्को आदेश जारी गरेका छन् । बैशाख २५ गतेसम्म लकडाउनको समय थपिएपछि प्रमुख जिल्ला अधिकारीले पुनः अर्को आदेश जारी गर्नुभएको हो । मंगलबार (आज) देखि २५ गते राति १२ बजेसम्मका लागि जारी गरिएको आदेशमा कुनै पनि ब्यक्तिलाई घरबाट बाहिर ननिस्कन भनिएको छ ।

आदेशमा प्रजिअ तिमिल्सिनाले स्वास्थ्य संस्था, औषधि पसल, अस्पतालको सेवा, पेट्रोल पम्प, ग्याँस, खानेपानी, दाल, चामल, तेल, नुन, दूध डेरी र तरकारी बाहेकका अन्य ब्यवसाय पूर्ण रुपमा बन्द गरिनेछ । जिल्लाभित्र मालबाहक सवारी साधन, एम्बुलेन्स र पास लिएका बाहेक अन्य सबै किमिसका सवारी साधनको आवागमन सञ्चालन गर्न पाइने छैन ।

यदि आदेशको पालना नगरे संक्रामक रोग ऐन, २०२० को २ को उपदफा २ बमोजिम कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए । लकडाउन पछि जिल्ला प्रशासन कार्यालयले यसरी पटक पटक आदेश जारी गरे पनि नागरिकहरुले पालना भने गरेका छैनन् ।

प्रकाशित मिति : २०७७, १६ बैशाख मंगलबार  ४ : २० बजे

मधेस प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामआशीष यादवले आज पदभार

संविधानको दायरामै सेना : जंगीअड्डाको ६ बुँदे स्पष्टिकरण

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको