२०८२, १९ असार बिहीबार

बनेपामा लकडाउन उल्लंघन गर्ने २२ ब्यापारी प्रहरी नियन्त्रणमा

बनेपामा लकडाउन उल्लंघन गर्ने २२ ब्यापारी प्रहरी नियन्त्रणमा


धुलिखेल, १६ बैशाखः इलाका प्रहरी कार्यालय बनेपाले लकडाउन उल्लंघन गर्ने २२ जना ब्यापारीलाई नियन्त्रणमा लिएको छ । लकडाउनको उल्लंघन गरी पसल खोल्ने २२ जना ब्यापारीलाई मंगलबार विहान बनेपाका विभिन्न ठाउँबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

सरकारले तोकेभन्दा विपरितका पसल खोले पछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । हार्डवेयर, कस्मेटिक, होटल, लुगा, जुत्ता लगायतका पसल खोल्ने ब्यापारीलाई नियन्त्रणमा लिएको तिमिल्सिनाले बताए ।

उनीहरुलाई झण्डै एक घण्टा लकडाउनका नियम, कोरोना भाइरसबाट बच्ने उपायका बारे सचेत गराएर पठाएको प्रहरीले जनाएको छ । बनेपा प्रहरीले यस अघि पनि सयौँ नागरिकलाई लकडाउन उल्लंघन गरेको आरोपमा नियन्त्रणमा लिएर छाडेको थियो ।

प्रकाशित मिति : २०७७, १६ बैशाख मंगलबार  ३ : ४५ बजे

स्पेनका व्यवसायीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न

मलेसियालाई हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कपमा मलेसियालाई

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता

काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सतलज जलविद्युत

५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतबाट सदर

काठमाडौं । विवादमा परेका ५२ जना संवैधानिक पदाधिकारीहरूको नियुक्तिलाई सर्वोच्च

एमाले महासचिव शंकर पोखरेलको निर्देशन : नेतृत्वको बहश रोक्नु

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेतृत्वको बहश रोक्न