२०८२, ७ पुस सोमबार

उपाध्यक्ष मोक्तानले ब्यक्तिगत खर्चमा गरिन सुनौलो हजार दिनका महिलाहरुलाई अण्डा सहयोग

उपाध्यक्ष मोक्तानले ब्यक्तिगत खर्चमा गरिन सुनौलो हजार दिनका महिलाहरुलाई अण्डा सहयोग


धुलिखेल, १६ बैशाखः सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाका उपाध्यक्ष हेमगंगा मोक्तानले आफ्नै ब्यक्तिगत खर्चमा सुनौलो हजार दिनका महिलाहरुलाई अण्डा उपलब्ध गराएकी छन् । उपाध्यक्ष मोक्तानले सुनौलो हजार दिनका महिलाका लागि  ब्यक्तिगत खर्चमा एक/एक क्रेट कुखुराकाे अण्डा उपलब्ध गराएकी हुन् ।

लकडाउन लम्बिएसँगै बच्चा र आमामा पौष्टिक तत्वको कमी नहोस भन्नका लागि आफुले अण्डा सहयोग गरेको उपाध्यक्ष मोक्तानले बताइन । बच्चा आमाको गर्भमा रहेको दिनदेखि १ हजार दिन अर्थात बच्चा जन्मिएको २ बर्षसम्मका महिलाहरुलाई सुनौलो हजार दिनभित्रका आमा भनेर बुझिन्छ । ‘यो धेरै ठूलो सहयोग त होइन, उपाध्यक्ष मोक्तानले भनिन् ‘केहि समयका लागि पौष्टिक तत्वको मात्रा पुग्न मद्दत पुग्ने छ ।’

पालिकामा ७ वटा वडा छन् । त्यहाँ रहेका स्वास्थ्य संस्थाका तथ्याङ्क अनुसार हाल पालिकाभित्र ४ सय ४२ जना सुनौलो हजार दिनका महिला रहेका छन् । उपाध्यक्षबाट प्राप्त अण्डा वडा नम्बर १ बाट वितरण सुरु गरिएको पालिकाका स्वास्थ्य संयोजक राजु बस्नेतले जानकारी दिए । सम्बन्धीत वडामा रहेका स्वास्थ्य कार्यालय मार्फत आमाहरुले अण्डा पाउने छन् ।

स्वास्थ्य संयोजक बस्नेतका अनुसार पहिलो चरणमा २ सय २४ क्रेट अण्डा स्वास्थ्य शाखालाई उपाध्यक्ष मोक्तानले उपलब्ध गराइसकेकी छन् । ‘पालिकाभित्रका सुनौलो हजारदिनभित्रका आमाको विवरणलाई आधार मानेर अण्डा उपलब्ध गराउने उपाध्यक्ष ज्यूले भन्नु भएको छ, स्वास्थ्य संयोजक बस्नेतले भने ‘बढीमा एक साताभित्र सबै आमालाई उपाध्यक्ष मार्फत प्राप्त अण्डा उपलब्ध गराइसक्ने छाैँ ।’

प्रकाशित मिति : २०७७, १६ बैशाख मंगलबार  १ : ५७ बजे

मधेस प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामआशीष यादवले आज पदभार

संविधानको दायरामै सेना : जंगीअड्डाको ६ बुँदे स्पष्टिकरण

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको