२०८२, १ जेष्ठ बुधबार

रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले तोडे आफैले बनाएको नियम

रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले तोडे आफैले बनाएको नियम


धुलिखेल, १४ बैशाखः रोशी गाउँपालिका अध्यक्ष डिबी लामा आफैले बनाएको नियम तोडेका छन् । उनले बैशाख २ गते पालिकाभित्र राहत वितरण गर्न आउनेका लागि उर्दी जारी गरे । तर उनैले पालना गरेनन् ।

पालिका अध्यक्ष लामा आफैले हस्ताक्षर गरेको २ बैशाखको उक्त सूचनाको बुदाँ नम्बर ६ मा प्रष्टसँग लेखिएको छ । ‘राहत वितरण गर्दा फोटोहरु नखिच्ने र ३ जना भन्दा बढी भेला नहुने ।’ तर उनै पालिका अध्यक्ष लामाले उक्त निमयको ठाडो उल्लंघन गर्दै राहत थापेको फोटो आफ्नो फेसबुक पेजमा ‘सियर’ गरेका छन् ।

उनले भने अनुसार ३ जनाभन्दा बढी भेला हुन नपाउने हो । तर प्रारम्भ र आनी छोईङ् डोल्मा फÞाउण्डेशनले वितरण गरेको उक्त राहत थापेको फोटोमा ५ जना छन् । सामग्री हस्तान्तरण गर्दै गरेको फोटोमा पालिका अध्यक्ष डिबी लामा, गायिका आनी छोईङ् डोल्मा, सिंगापुर रेडक्रसकी नेपाल प्रतिनिधि कल्पना क्षेत्री, प्रेस काउन्सिलका सदस्य इश्वरी ओझा र पत्रकार महासंघ काभ्रे शाखाका सल्लाहकार बद्री तिमिल्सिना छन् ।

प्रारम्भ र आनी छोईङ् डोल्मा फाउण्डेशनले रोशी गाउँपालिका अध्यक्ष लामालाई १५ थान पर्सनल प्रोटेक्टिब इक्यूपमेन्ट (पीपीइ), २० थान एन ९५ मास्क र २४ थान फस्र्ट एड किट्स हस्तारण गरेको थियो ।

लकडाउन पछि पैदल हिडेका यात्रुहरुको उद्धार गरेको भन्दै जिल्लाका केहि सञ्चार माध्यममा छाएका पालिका अध्यक्ष डिबी लामाले बेला बेला सस्तो लोकप्रियता कमाउन यस्तै निर्णय गर्ने गरेका छन् । यसअघि सवारी पास समेत नलिएको गाडी मार्फत अध्यक्ष लामाले मान्छे ओसारेका थिए ।

यातायातको साधन नचलेपछि बीपी राजमार्गबाट गाउँ जानेको लस्कर बढेको थियो । रोशी गाउँपालिका अध्यक्षले गरेको यस किसिमका गतिविधि प्रति प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले नै त्यस्तो गतिविधि रोक्न निर्देशन दिएका थिए ।

हेर्नुस पालिका प्रमुखले निकालेकाे सुचना

प्रकाशित मिति : २०७७, १४ बैशाख आईतबार  १ : ०० बजे

सुरु भयो उभौली पर्वको रौनक (फोटो फिचर)

काठमाडौं । सोमबार किराँत समुदायले उभौली पर्व धुमधामसँग मनाउँदैछन् ।

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र

अटो मेकानिक्स ट्रेड यूनियनको अध्यक्षमा मन्सुरी

सिन्धुलीः नेपाल अटोमेकानिक्स ट्रेड यूनियन कमलामाई नगर समिति गठन भएको

नेपालमा रेडक्रस कानुनको अभाव छ, यसमा काम भइरहेको छ

देश संघीयतामा गएपछि विभिन्न चरणहरुमा रेडक्रस सोसाइटीको विधान निर्माणका लागि

लागू औषध सहित दुई युवक पक्राउ

सिरहा । भारतबाट लागुऔषध ओसारपसार गरी ल्याउँदै गरेका दुई युवालाई