२०८२, ७ चैत्र आईतबार

काभ्रे प्रहरीद्वारा जबरजस्ती करणीको आरोपमा तीन जना युवा पक्राउ

काभ्रे प्रहरीद्वारा जबरजस्ती करणीको आरोपमा तीन जना युवा पक्राउ


धुलिखेल, १० बैशाखः काभ्रे प्रहरीले १६ वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर नगरपालिका–८ का कुन्ताबेसी स्थायी घर भई हाल बनेपा नगरपालिका–१० थापागाउँ बस्ने १९ वर्षीय सविन गौतम, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–४ शेरा स्थायी घर भई सोही ठाउँ बस्ने १९ वर्षीय सविन दुलाल र काभ्रेको पनौती नगरपालिका-५ सुन्दरबस्तीका १८ वर्षीय सन्देश थापा रहेका छन् ।

२०७६ असोज १३ गते सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका(२ स्थायी घर भई काभ्रेको धुलिखेल नगरपालिका–६ हस्पिटल चोक बस्ने एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार धुलिखेलबाट बा.५ च ३८४९ नम्बरको जिपमा राखेर बनेपास्थित काभ्रे क्याम्पस नजिकैको जंगलमा लगेर युवतीलाई जबरजस्ती करणी गरेपछि उनीहरु फरार भएका थिए । उनीहरुविरुद्ध २०७६ असोज १६ गते जबरजस्ती करणी शीर्षकमा मुद्दा दायर भएको थियो ।

उनीहरुलाई आ–आफ्नो क्षेत्रमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले बताए । थापाका अनुसार उनीहरुविरुद्ध अदालतमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०७७, १० बैशाख बुधबार  ४ : ३७ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको