२०८२, २९ पुस मंगलबार

काभ्रे प्रहरीद्वारा जबरजस्ती करणीको आरोपमा तीन जना युवा पक्राउ

काभ्रे प्रहरीद्वारा जबरजस्ती करणीको आरोपमा तीन जना युवा पक्राउ


धुलिखेल, १० बैशाखः काभ्रे प्रहरीले १६ वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर नगरपालिका–८ का कुन्ताबेसी स्थायी घर भई हाल बनेपा नगरपालिका–१० थापागाउँ बस्ने १९ वर्षीय सविन गौतम, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–४ शेरा स्थायी घर भई सोही ठाउँ बस्ने १९ वर्षीय सविन दुलाल र काभ्रेको पनौती नगरपालिका-५ सुन्दरबस्तीका १८ वर्षीय सन्देश थापा रहेका छन् ।

२०७६ असोज १३ गते सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका(२ स्थायी घर भई काभ्रेको धुलिखेल नगरपालिका–६ हस्पिटल चोक बस्ने एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार धुलिखेलबाट बा.५ च ३८४९ नम्बरको जिपमा राखेर बनेपास्थित काभ्रे क्याम्पस नजिकैको जंगलमा लगेर युवतीलाई जबरजस्ती करणी गरेपछि उनीहरु फरार भएका थिए । उनीहरुविरुद्ध २०७६ असोज १६ गते जबरजस्ती करणी शीर्षकमा मुद्दा दायर भएको थियो ।

उनीहरुलाई आ–आफ्नो क्षेत्रमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले बताए । थापाका अनुसार उनीहरुविरुद्ध अदालतमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०७७, १० बैशाख बुधबार  ४ : ३७ बजे

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र