२०८२, २९ पुस मंगलबार

काभ्रे महाभारतका ३ सयभन्दा बढी नागरिकको उद्धार

काभ्रे महाभारतका ३ सयभन्दा बढी नागरिकको उद्धार


धुलिखेल, १० बैशाखः काभ्रेको अति विकट डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाले आफ्नो नागरिकको उद्धार गरेको छ । पालिका अध्यक्ष कान्छालाल जिम्बाले काठमाण्डौ र बनेपामा लकडाउन पछि समस्यामा परेका आफ्नो पालिकाको उद्धार गरेका हुन् ।

बुधबार बिहान २ बजे ४ वटा बस मार्फत आफ्ना नागरिकहरुको उद्धार गरिएको पालिका प्रमुख जिम्बाले जानकारी दिए । गाउँ फर्केकाहरुलाई पालिका अध्यक्ष जिम्बाले बाहिर अनावश्यक रुपमा हिड्डुल नगर्न आग्रह गरेका छन् । ‘अहिले जे जति काम भइरहेका छन्, सबै बाध्यताले गर्नुपरिहेको छ, गाउँपुगेर तपाईहरु अनावश्यक तडक भड्क नगरिदिनुहोला ‘जिम्बाले बसमा सवार यात्रुलाई भने ‘यो बेला आफुमात्रै बच्ने होइन अरुलाई पनि बचाउने हो ।’

महाभातर गाउँपालिकाले विभिन्न ठाउँमा ३० बेडको क्वारेन्टाइन निर्माण गरिसकेको छ । कोरोना भाइरसँग मिल्दो जुल्दो लक्षण देखिएको त्यहि क्वारेन्टाइनमा राखिने पालिकाका प्रवक्ता रविन मोक्तानले बताए ।

नागरिकलाई गाउँ पुर्याउन नेकपाका यूवा नेता तथा समाजसेवी सुजन लामा र रुप बहादुर योन्जनले पनि सहयोग गरेका थिए । बसमा चढाउनु पहिले सबै यात्रुको ज्वरो जाँच गरिएको थियो ।

प्रकाशित मिति : २०७७, १० बैशाख बुधबार  ९ : २७ बजे

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र