२०८२, ७ चैत्र आईतबार

पाँचखालमा आगलागीबाट एक घर जलेर पूर्ण क्षति

पाँचखालमा आगलागीबाट एक घर जलेर पूर्ण क्षति


धुलिखेल, ९ बैशाखः काभ्रे पाँचखाल नगरपालिका को ५ नं.वडा मा सोमबार दिउँसो भएको आगलागीमा एक घर जलेर पूर्ण क्षति भएको छ । पाँचखाल नगरपालिका वडा नं. ५ मदनबासका राम बहादुर तामाङ को घरमा आगलागी भएको हो । आगलागीबाट अन्न, लत्ताकपडा, फर्निचर लगाएतका सम्पूर्ण सामान जलेर नष्ट भएको जानकारी स्थानीय जनप्रतिनिधि तोप प्रसाद सापकोटाले दिए ।

मानवीय क्षति नभएपनि करिब तीन लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उक्त घरमा तीन जनाको परिवार बस्दै आएका थिए ।

यसैबीच नेपाल रेडक्रस सोसाईटी काभ्रे जिल्ला शाखाले नेपाल उधोग बाणिज्य महासंघ काभ्रेसंग समन्वय गरि पिडीत परिवारलाई राहत उपलब्ध गराएको छ । रेक्रसल घटना स्थलमै पुगि एनएफआरआइ सेट, थप ३ थान कम्मल र १५/२० दिनलाई पुग्नेगरी खाद्यान्न सहितको राहत वितरण गर्न बागमती प्रदेश सांसद लक्ष्मण लम्साल  सहितको रेडक्रस टोली पुगेको  रेडक्रस काभ्रे शाखाका सभापति रघुबर चौ प्रधानले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, ९ बैशाख मंगलबार  ११ : ५८ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको