२०८२, ७ चैत्र आईतबार

तेमाल गाउँपालिका प्रवेश गर्ने सबै नाकामा ढाँट !

तेमाल गाउँपालिका प्रवेश गर्ने सबै नाकामा ढाँट !


धुलिखेल, ५ बैशाखः तेमाल गाउँपालिकाले आफ्नो क्षेत्रभित्र प्रवेश गर्ने सबै नाकामा ढाँट राखेको छ । शुक्रबार पालिका प्रमुख समाल सिं तामाङ आफै पुगेर बोहोर दोभान, खहरेघाट, पचुवारघाट लगायतका स्थानमा ढाँट राख्न पुगेका थिए ।

पालिकाले बिहिबार एक सुचना निकालेर तेमालभित्र प्रवेश गर्ने १० वटा नाका सिल गर्ने निर्णय गरेको थियो । पालिकाले सबै नाकामा स्वयमसेवक राख्ने तयारी समेत गरेको छ । पालिकाभित्र प्रवेश गर्ने बोहोरदोभान, खहरेघाट, पचुवारघाट, तित्रीटार, माम्तीबेंशी पुल बजार, बोज्र्याङबेंशी, काल्धरबेंशी, थिल्वारवेंशी, गिम्दी बेंशी र कालिमाटी प्रवेशद्वार नाका पूर्ण रुपमा बन्दको घोषणा गरेको थियो ।

नाका बन्द गर्न वडाका जनप्रनितिनिधि समेत पुगेका थिए । पालिकाले विहान ६ बजेदेखि ९ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसमम्म मात्रै खाद्य सामग्री बिक्री वितरण गर्ने पसल खुल्न निर्देशन दिएको छ । पालिका अध्यक्ष तामाङले विशेष सूचना मार्फत पालिकाभित्र धार्मिक तथा पर्यटकीय स्थलहरुमा पूजापाठ लगायतका कार्य पनि पूर्ण रुपमा बन्द गर्न आह्वान गरेका थिए ।

प्रकाशित मिति : २०७७, ५ बैशाख शुक्रबार  ७ : ०८ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको