२०८२, २९ पुस मंगलबार

तेमाल गाउँपालिका प्रवेश गर्ने सबै नाकामा ढाँट !

तेमाल गाउँपालिका प्रवेश गर्ने सबै नाकामा ढाँट !


धुलिखेल, ५ बैशाखः तेमाल गाउँपालिकाले आफ्नो क्षेत्रभित्र प्रवेश गर्ने सबै नाकामा ढाँट राखेको छ । शुक्रबार पालिका प्रमुख समाल सिं तामाङ आफै पुगेर बोहोर दोभान, खहरेघाट, पचुवारघाट लगायतका स्थानमा ढाँट राख्न पुगेका थिए ।

पालिकाले बिहिबार एक सुचना निकालेर तेमालभित्र प्रवेश गर्ने १० वटा नाका सिल गर्ने निर्णय गरेको थियो । पालिकाले सबै नाकामा स्वयमसेवक राख्ने तयारी समेत गरेको छ । पालिकाभित्र प्रवेश गर्ने बोहोरदोभान, खहरेघाट, पचुवारघाट, तित्रीटार, माम्तीबेंशी पुल बजार, बोज्र्याङबेंशी, काल्धरबेंशी, थिल्वारवेंशी, गिम्दी बेंशी र कालिमाटी प्रवेशद्वार नाका पूर्ण रुपमा बन्दको घोषणा गरेको थियो ।

नाका बन्द गर्न वडाका जनप्रनितिनिधि समेत पुगेका थिए । पालिकाले विहान ६ बजेदेखि ९ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसमम्म मात्रै खाद्य सामग्री बिक्री वितरण गर्ने पसल खुल्न निर्देशन दिएको छ । पालिका अध्यक्ष तामाङले विशेष सूचना मार्फत पालिकाभित्र धार्मिक तथा पर्यटकीय स्थलहरुमा पूजापाठ लगायतका कार्य पनि पूर्ण रुपमा बन्द गर्न आह्वान गरेका थिए ।

प्रकाशित मिति : २०७७, ५ बैशाख शुक्रबार  ७ : ०८ बजे

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र