२०८२, २९ पुस मंगलबार

खानीखोला गाउँपालिकाको ३ वटा वडाको संयुक्त बैठक (यस्ता छन् निर्णय)

खानीखोला गाउँपालिकाको ३ वटा वडाको संयुक्त बैठक (यस्ता छन् निर्णय)


धुलिखेल, ५ बैशाखः काभ्रे विकट क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकाको तीन वटा वडाको संयुक्त बैठक बसेको छ । वडा न. १, २ र ६ को संयुक्त बैठक बसेको हो । बैठकले नाका सिल गर्ने देखि स्वयम सेवक खटाउनेसम्मको निर्णय गरेको छ ।

१ को वडाको कार्यालय दयागाउँमा बसेको बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि च्याल्टि फलामेटार सडक, खोपासी ताल्ढुङ्गा सडक सहित तीन वटा वडाभित्र प्रवेश गर्ने सबै सिमा नाका सिल गर्ने निर्णय गरेको छ । नाकाबाट हुने मानिसको आवातजावात रोक्न स्वयमसेवक परिचालन गरिनेछ ।

बैठकले अत्यावश्यक र पास बाहेकको सबै सवारी साधनमा रोक लगाउने र वडालाई आवश्यक पर्ने खाद्यान्न सामाको सूची तयार पारेर सवारी पासका लागि गाउँपालिकामा सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले गाउँपालिकाको निर्णय अनुसार लकडाउनको समयमा विवाह, ब्रतबन्ध, पास्नी लगायत भोजभतेर लगायतका कार्य नगर्न अनुरोध गरे पनि जवरजस्ती नियमको उलंघन गर्नेलाई सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कार्वाहीको लागि गाउँपालिका सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७७, ५ बैशाख शुक्रबार  ९ : ४७ बजे

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र