२०८२, २० असार शुक्रबार

तेमाल प्रवेश गर्ने सबै नाका बन्द

तेमाल प्रवेश गर्ने सबै नाका बन्द


धुलिखेल, ४ बैशाखः तेमाल गाउँपालिकाले आफ्नो क्षेत्रभित्र प्रवेश गर्ने सबै नाकाहरु बन्द गर्ने औपचारिक घोषणा गरेको छ । पालिका प्रमुख सलाम सिं तामाङले पालिकाभित्र प्रवेश गर्ने सबै नाका अर्का सुचना जारी नहुदाँसम्मका लागि पूर्ण बन्दको घोषणा गरेका हुन् ।

पालिका अध्यक्ष तामाङले पालिकाभित्र प्रवेश गर्ने बोहोरदोभान, खहरेघाट, पचुवारघाट, तित्रीटार, माम्तीबेंशी पुल बजार, बोज्र्याङबेंशी, काल्धरबेंशी, थिल्वारवेंशी, गिम्दी बेंशी र कालिमाटी प्रवेशद्वार नाका पूर्ण रुपमा बन्द गरिएको बताए । कोरोना भाइरसको संक्रमण नफैलियोस भन्नका लागि सबै नाका बन्द गरिएको अध्यक्ष तामाङले बताए ।

पालिकाले गाउँपालिकामा बाहिरबाट तरकारी, फलफूल र मासुजन्य वस्तुहरु आयत गर्न पनि पूर्ण रोक लगाएको छ । पालिका अध्यक्ष तामाङले विशेष सूचना मार्फत पालिकाभित्र धार्मिक तथा पर्यटकीय स्थलहरुमा पूजापाठ लगायतका कार्य पनि पूर्ण रुपमा बन्द गरेको बताए ।

पालिकाले स्थानीय पसलहरु खुल्ने समय समेत निर्धाणर गरेको छ । विहान ६ बजेदेखि ९ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसमम् मात्रै खाद्य सामग्री बिक्री वितरण गर्ने पसल खुल्न पाउनेछन् । पालिकाले चिया पसल र स्थानीय होटलहरु पूर्ण रुप बन्द गर्ने निर्णय गरेको अध्यक्ष तामाङले बताए । पालिका अध्यक्ष तामाङले पालिकाको सिमा क्षेत्रभित्र कुनै भिडभाड तथा भेला भएको देखिएमा तत्काल खबर गर्न समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७७, ४ बैशाख बिहीबार  १२ : ३७ बजे

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन

मौसम पूर्वानुमान : चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको