२०८२, २२ माघ बिहीबार

तेमाल प्रवेश गर्ने सबै नाका बन्द

तेमाल प्रवेश गर्ने सबै नाका बन्द


धुलिखेल, ४ बैशाखः तेमाल गाउँपालिकाले आफ्नो क्षेत्रभित्र प्रवेश गर्ने सबै नाकाहरु बन्द गर्ने औपचारिक घोषणा गरेको छ । पालिका प्रमुख सलाम सिं तामाङले पालिकाभित्र प्रवेश गर्ने सबै नाका अर्का सुचना जारी नहुदाँसम्मका लागि पूर्ण बन्दको घोषणा गरेका हुन् ।

पालिका अध्यक्ष तामाङले पालिकाभित्र प्रवेश गर्ने बोहोरदोभान, खहरेघाट, पचुवारघाट, तित्रीटार, माम्तीबेंशी पुल बजार, बोज्र्याङबेंशी, काल्धरबेंशी, थिल्वारवेंशी, गिम्दी बेंशी र कालिमाटी प्रवेशद्वार नाका पूर्ण रुपमा बन्द गरिएको बताए । कोरोना भाइरसको संक्रमण नफैलियोस भन्नका लागि सबै नाका बन्द गरिएको अध्यक्ष तामाङले बताए ।

पालिकाले गाउँपालिकामा बाहिरबाट तरकारी, फलफूल र मासुजन्य वस्तुहरु आयत गर्न पनि पूर्ण रोक लगाएको छ । पालिका अध्यक्ष तामाङले विशेष सूचना मार्फत पालिकाभित्र धार्मिक तथा पर्यटकीय स्थलहरुमा पूजापाठ लगायतका कार्य पनि पूर्ण रुपमा बन्द गरेको बताए ।

पालिकाले स्थानीय पसलहरु खुल्ने समय समेत निर्धाणर गरेको छ । विहान ६ बजेदेखि ९ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसमम् मात्रै खाद्य सामग्री बिक्री वितरण गर्ने पसल खुल्न पाउनेछन् । पालिकाले चिया पसल र स्थानीय होटलहरु पूर्ण रुप बन्द गर्ने निर्णय गरेको अध्यक्ष तामाङले बताए । पालिका अध्यक्ष तामाङले पालिकाको सिमा क्षेत्रभित्र कुनै भिडभाड तथा भेला भएको देखिएमा तत्काल खबर गर्न समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७७, ४ बैशाख बिहीबार  १२ : ३७ बजे

सिन्धुलीका बुद्धिजिविहरू उभिए, एमाले उमेदवार मनोज जंग थापाको पक्षमा

सिन्धुली: निर्वाचन नजिकिंदै जाँदा एमाले उमेदवार मनोज जंग थापाले सिन्धुलीका

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले