२०८२, ७ पुस सोमबार

काभ्रेका २६३ जनामा आरडिटी मार्फत कोरोना परिक्षण, सबैको रिपोर्ट नेगेटिभ

काभ्रेका २६३ जनामा आरडिटी मार्फत कोरोना परिक्षण, सबैको रिपोर्ट नेगेटिभ


धुलिखेल, ३ बैशाख, काभ्रे जिल्लामा हालसम्म २६३ जनामा आरडिटी बिधि मार्फत कोरोना भाइरसको परिक्षण गरिएको छ । परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए ।

हिजोको आरडिटी परिक्षणमा बेथानचोक गाउँपालिका वडा नम्बर ५ का १ जना र मण्डनदेउपुर नगरपालिका वडा नम्बर ३ का १ जना युवाको पोजेटिभ देखिएको थियो । तर आज धुलिखेल अस्पतालमा उनीहरुको स्वाब परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको डाक्टर झाले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय धुलिखेल तयार पारेको विवरण अनुसार २६३ जनामध्ये अधिकांश विदेशबाट आएका नागरिक छन् । काभ्रेको १३ वाटै स्थानीय तहमा आरडिटी परिक्षणका लागि किट पठाइएको थियो । चैत ३० गतेदेखि जिल्लाभर परिक्षण सुरु भएको गरिएको थियो ।

जिल्लाको सबैभन्दा बढी पनौती नगरपालिकामा ६७ जनामा आरडिटी परिक्षण गरिएको छ । फागुन ३० गतेदेखि यता विदेशबा जिल्ला भित्रिएका नारिकमा आरडिटी मार्फत परिक्षण गरिएको डाक्टर झाले बताए । सबैभन्दा कम जिल्लाको अतिविकट डाँडापारी क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकामा २ जनाको आरडिटी परिक्षण गरिएको छ ।

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले काभ्रे जिल्लाका लागि ३ सय आरडिटी किट पठाएको थियो ।

अन्य पालिकाको वितरण यस्तो छ ।

 

प्रकाशित मिति : २०७७, ३ बैशाख बुधबार  ७ : ५८ बजे

मधेस प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामआशीष यादवले आज पदभार

संविधानको दायरामै सेना : जंगीअड्डाको ६ बुँदे स्पष्टिकरण

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको