२०८२, ७ चैत्र आईतबार

काभ्रेका स्थानीय तह सूचना निकाल्नै ब्यस्त, कारबाही गर्ने निकाय खै ?

काभ्रेका स्थानीय तह सूचना निकाल्नै ब्यस्त, कारबाही गर्ने निकाय खै ?


धुलिखेल, ३ बैशाखः काभ्रे जिल्लाका विभिन्न स्थानीय तहले पसल खोल्ने समय तोक्ने देखि भोजभतेर नगर्न समेत उर्दी जारी गरेका छन् । तर यदि तोकिएकाे अनुसार नियम पालना नगर्नेलाई कारबाही गर्ने निकाय भने अहिले सम्म निक्र्यौल भएको छैन ।

बनेपा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बलराम अधिकारीले आफ्नो वडाबासीलाई मर्निवाङमा समेत नजान आग्रह गर्दै सूचना जारी गरे । उनको त्यो आग्रह वडाबासीले मानेका छैनन् । हुन यो बेला स्वअनुशासित हुने बेला हो । तर नमान्नेलाई कारबाही नगर्ने हो भने भोली एक जनाले गर्दा उत्पादन हुने महामारीबाट कतिलाई जोगाउने ?

लकडाउनकै बीचमा इलाका प्रहरी कार्यालय बनेपाले भट्टी पसलमा रहेको मदिरा नष्ट गर्यो । पाँचखाल नगरपालिकाका मेयर महेश खरेल आफै भट्टी पसलको अनुगमन गर्न निस्किए । केहिलाई कारबाही गर्ने चेतावनी पनि दिए । तर अहिले पनि नगरपालिकाभित्र खुलेआम भट्टी पसल खुलिरहेको गुनासो आइरहेका छन् ।

धुलिखेलको पुरानो बजारमा बिहान पुग्दा लाग्छ, लकडाउन यस्तै रैछ । चिया देखि मदिरा पसल, ब्यूटि पार्लस देखि लैसुनसम्म खुलेआम खुलेका छन् । वडा कार्यालयहरुले सुचना निकालेका छन् । तर सुचना अटेर गर्नेलाई अहिलेसम्म कुनै कारबाही भएको पाइदैँन ।

तेमाल गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष मान बहादुर श्रेष्ठले भोजभतेर नगर्न आग्रह गर्दै सुचना जारी गरे । तर भोजभतेर गरे कारबाही गर्ने कस्ले ? भट्टी पसल खोले कारबाही निकाय कुन हो ? बनेपा, पाँचखाल, धुलिखेल र तेमाल एउटा प्रतिनिधिमात्रै हो । जिल्लाको ६ वटा नगरपालिका र ७ वटा गाउँपालिकाका १३५ वटा वडाले नै हरेक दिन जसो कोरोना भाइरस रोकथामका लागि कुनै न कुनै सूचना निकालिरहेका हुन्छन् ।

तर त्यो सुचना अनुसार काम नगर्नेलाई कारबाही गर्ने निकाय त पराको कुरा उजुरी सुन्ने ब्यक्तिसम्म तोकिएको छैन । नगरपालिका र गाउँपालिकाले त तोकेका छैनन । भने वडा कार्यालयले तोक्न सक्ने कुरै भएन । स्थानीय तहलाई अधिकार हुदाँ हुदैँ पनि राजनीतिक आडमा ब्यवहार गरिएको पाइएको छ । जबसम्म तपाई जनप्रतिनिधिहरु सुचना मात्रै निकाल्नु हुन्छ र कारबाहीको प्रक्रियामा जान सक्नुहुन्न । तबसम्म तपाईका नागरिक सुरक्षित रहन सक्दैनन् ।

प्रकाशित मिति : २०७७, ३ बैशाख बुधबार  ३ : २७ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको