२०८२, ७ पुस सोमबार

काभ्रे प्रशासनको बल्ल खुल्यो चेत !

काभ्रे प्रशासनको बल्ल खुल्यो चेत !


धुलिखेल, २ बैशाखः सरकारले चौथो पटक लकडाउनको समय थपेपछि काभ्रे प्रशासनले हिड्डुलमा कडाइ गर्ने भएको छ । लकडाउनको २० औँ दिनसम्म चुपचाप बसेको जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र अनावश्यक रुपमा हिड्डुल गर्ने ब्यक्तिहरुलाई सोहि स्थानबाट नियन्त्रणमा लिने र छिमेकी जिल्लाबाट पैदल हिडेर काभ्रे प्रदेश गर्नेलाई प्रवेश निषेध गर्ने बताएको हो ।

काभ्रे जिल्लामा दुई वटा राष्ट्रिय राजमार्ग छन् । अहिले सयौँ मानिस काभ्रे हुदैँ आफ्नो गन्तब्य हिडेरै जाने गरेका छन् । बनेपा प्रहरीले यसअघि पनि पटक–पटक लकडाउन उल्लंघन गरेको भन्दै सयौँलाई नियन्त्रणमा लिएर छाडेको छ । मानिसहरु राता रात बनेपा धुलिखेल हुदैँ हिडेर जाने गरेका छन् । तर प्रशासनले हालसम्म कुनै एक्सन लिएको थिएन् । हुन त नागरिक आफै सचेत हुनुपर्ने हो । सचेत नहुनेलाई कारबाही गर्ने निकाय भनेको प्रशासन नै हो ।

मंगलबार भने प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले एक सुचना निकालेर जिल्ला प्रवेश गर्नेलाई पूर्ण रुपमा निषेध गर्ने बताए । प्रजिअ तिमिल्सिनाले यसअघि पनि यस्ता सुचना जारी गर्ने गरेका छन् । तर ब्यवहारमा लागु भने भएको छैन् । भक्तपुर हुदैँ दैनिक सयौँको संख्यामा हिडेर काभ्रे आएकाहरुलाई केहि संघसंस्थाले निःशुल्क खानाको समेत ब्यवस्था गरेका छन् । मावनीय हिसाबले यसो गर्नु ठिकै होला तर रोग संक्रमणका हिसाबले यसो गर्नु उचित होइन । यो विषयमा प्रशासनले कुनै चासो दिएको छैन ।

धुलिखेल, जहाँ प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, नेपाली सेना लगायतका जिल्लाका उच्च अधिकारीहरु बस्ने ठाउँमा समेत लकडाउन प्रभावकारी देखिएको छैन । धुलिखेलका कुनै पनि पसलहरुमा सामाजिक दुरी कायम गरिएको छैन । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कमाण्ड पोष्ट छ । पास नलिएका सवारी साधनहरुले समेत मान्छे बोकेर हिडिरहेका छन् । तर प्रशासनले देख्ने गरेको छैन् । मंगलबार जारी गरेको सुचना पनि यसअघिको जस्तै हुनेमा शंका छ । राजमार्गमा खटिएका प्रहरीहरुका लागि समेत पर्याप्त मास्क प्रशासनले उपलब्ध गराउन सकेको छैन् ।

प्रजिअले हिड्डु गर्नेलाई यसअघि पर्ने रोक्ने बताएका थिए । तर बीपी राजमार्गमा नमोबुद्ध र रोशी गाउँपालिकाले मानवीय सहयोगको नाममा गाडी मार्फत नै आफ्नो सिमाना कटाइरहेका छन् । प्रशासनले रोक्न सकेको छैन् । कोरोना भाइरसको संक्रमण निन्त्रणमा प्रशासनको भुमिका निकै कमजोर बनेको जिल्लाका नागरिक सामाजका ब्यक्तिहरुले टिप्पणी गर्न थालेका छन् ।

प्रकाशित मिति : २०७७, २ बैशाख मंगलबार  ७ : २० बजे

मधेस प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामआशीष यादवले आज पदभार

संविधानको दायरामै सेना : जंगीअड्डाको ६ बुँदे स्पष्टिकरण

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको