धुलिखेल, २ बैशाख, काभ्रेमा गरिएको र्यापिड टेष्टमा दुइ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा गरिएको र्यापिड टेष्टमा कोरोना भाइरसको संक्रमित भेटिएका हुन् । बेथानचोक गाउँपालिका वडा नम्बर ५ का एक २८ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पाइएको बेथानचोक गाउाँपलिकाका स्वास्थ्य शाखा प्रमुख सिताराम तिमल्सीनाले बताए । तिमल्सीनाका अनुसार उनी भारतबाट चैत ९ गते घर फर्किएका थिए ।
त्यस्तै आजै मण्डनदेउपुर नगरपालिका वडा नं ३ नयाँगाउँका २१ वर्षीय एक यूवकलाई पनि कोरोना भाइरसको संक्रमण वडा अध्यक्ष दिलबहादुर तामाङले बताए । उनी दुबैबाट आएका थिए । मण्डनदेपुरमा मंगलबार १७ जनाका र्यापिड टेष्ट गरिएकाे स्वास्थ्य शाखा संयाेजक सुशिला कठायतले जानकारी दिइन् । दुबै जनालाइ स्वाब परिक्षणका लागि धुलिखेल अस्पताल ल्याएकाे छ । उनीहरूकाे भाेली स्वाब परिक्षण हुनेछ ।
धुलिखेल अस्पतालमा साताकाे दुइ दिन आइतबार र बुधबार काेराेना भाइरसकाे परिक्षण हुदैँ आएको छ । जिल्लाका स्थानीय तहरूमा २०७६ साल चैत ३० गते देखि परिक्षण सुरु गरिएको थियो । चैत १ गतेदेखि विदेशबाट फर्किएहरुको परिक्षण भइरहेको छ ।
तर जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले भने पुष्टि गरेको छैन । ल्याबको आधिकारिक रिपोर्ट नआउँदासम्म आफुले पुष्टि गर्न नसक्ने जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताए ।
जिल्लामा हालसम्म १८९ जनाकाे र्यापिड टेष्ट गरिएकाे छ ।
प्रतिक्रिया