२०८२, २५ कार्तिक सोमबार

धुलिखेलका एक पुरुषमा काेराेना भाइरसकाे पहिलो रिपोर्ट नेगेटिभ

धुलिखेलका एक पुरुषमा काेराेना भाइरसकाे पहिलो रिपोर्ट नेगेटिभ


धुलिखेल, २ बैशाखः पेस्पिकोलाको सनसिटी अपार्टमेन्टमा बस्दै आएका धुलिखेल नगरपालिका वडा नम्बर ७ का एक पुरुषको कोरोना भाइरसको र्‍यापिड परिक्षणमा रिपोर्ट नेगेटिभ आएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार र्‍यापिड परिक्षण गरेको थियो । परिक्षणमा रिपोर्ट नेगेटिभ देखिएको स्वास्थ्य शाखाका संयोजक सन्दिप केसीले जानकारी दिए ।

ती पुरुषलाई स्वाब परिक्षणका लागि धुलिखेल अस्पताल पठाइएको छ । धुलिखेल अस्पतालमा हप्ताको दुई दिन आइतबार र बुधबार काेराेना भाइरसकाे परिक्षण हुदैँ आएको छ । उनको पनि भोली मात्रै परिक्षण हुने बताइएको छ । सनसिटी अपार्टमेन्टमा बस्दै आएका २ जनामा कोरोना भाइरसको पुष्टि भइसकेको छ । सोहि अपाटमेन्टबाट ती पुरुष तिनदिन अघि मात्रै धुलिखेल आइपुगेको वडाध्यक्ष रोमी प्रसाद श्रेष्ठले बताए ।

धुलिखेलका ती ब्यक्ति सनसिटी अमार्टमेन्टको ११ औँ तल्लमा बस्दै आएका थिए । वडाध्यक्ष श्रेष्ठले उनी र उनका घरपरिवारका सबै सदस्यलाई घरभित्रै राखेको बताए । ती पुरुषले धुलिखेल आएर धेरै ब्यक्तिसँग भेटघाट गरेको बताइएको छ । उनीसँग भेटेका स्थानीय समेत त्रसित बनेका छन् ।

प्रकाशित मिति : २०७७, २ बैशाख मंगलबार  २ : ३९ बजे

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।