२०८२, २५ कार्तिक सोमबार

जुगल गाउँपालिकाले भन्योः ‘जमघटसहित विवाह नगर्नु’

जुगल गाउँपालिकाले भन्योः ‘जमघटसहित विवाह नगर्नु’


धुलिखेल, १ बैशाखः सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाले जमघट सहित विवाह गरे कारबाही गर्ने चेतावनी दिएको छ । बैशाख महिना शुरुसँगै विवाहको लगन समेत सुरु भएको र जमघट सहित विवाहको सुचना प्राप्त गरेको भन्दै पालिकाले त्यसो नगर्न उर्दी जारी गरेको हो ।

पालिका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर वि.कले जारी गरेको सुचनामा कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्नका लागि सामाजिक दुरी कायम गर्नुपर्ने भएकाले भिडभाड हुने गरी विवाह नगर्न उर्दी जारी गरेका हुन् । विवाह नगरी नहुने अवस्थामा वडा कार्यालयसँग समन्वय गरी स्थानीय पञ्जिकाधिकारीको रोहवरमा नियमानुसार वर बधुलाई विवाह सम्पन्नको प्रमाणपत्र प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत वि.कले बताए ।

पालिकाले मानिसहरुको धेरै भिडभाड हुने गरी ब्रतबन्ध, छेवार, मेला, पर्व जस्ता सामाजिक तथा धार्मिक कार्य नगर्न समेत उर्दी जारी गरेको छ । यदि पालिकाको आग्रह विपरित कसैले यस्तो कार्य गरे कानुन बमोजिम कार्बाहि गरिने प्रमुख प्रशासकीय अधिकृत विकले बताए ।

प्रकाशित मिति : २०७७, १ बैशाख सोमबार  ८ : ०४ बजे

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।