२०८२, ७ पुस सोमबार

काभ्रेका सबै स्थानीय तहमा कोरोना भाइरस परीक्षण सुरु

काभ्रेका सबै स्थानीय तहमा कोरोना भाइरस परीक्षण सुरु


धुलिखेल, ३० चैतः जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले विदेशबाट आएका नागरिकको कोरोना भाइरस परीक्षणका लागि र्यापिड किट सम्बन्धित स्थानीय तहलाई हस्तान्तण गरेको छ । आइतबार कार्यालयले किट र एन ९५ मास्क हस्तान्तण गरेको हो ।

ल्याब भएका सबै स्थानीय तहलाई किट दिइरसकेको र विदेशबाट आएकाको परीक्षण हुने जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए । सबैभन्दा बढी पनौती नगरपालिकामा किट पठाइएको छ । पनौती नगरपालिकाले आइतबार ५ जनाको परिक्षण गरिसकेको छ । ६१ जनाको परिक्षण गर्नका लागि किट प्राप्त भएको र अबको एक दुई दिनभित्रै परिक्षण सकाइने नगरपालिकाका स्वास्थ्य संयोजक पुरुषोत्तम तिमिल्सिनाले बताए । जिल्लामा विदेशबाट फर्किनेको संख्या जिल्लाको सबैभन्दा बढी पनौती नगरपालिकामा रहेका छन् ।

रोशी गाउँपाकिलाले पनि परिक्षण सुरु गरेको छ । विदेशबाट आएका १७ जनाकै घरमा पुगेर रगत संकलन गरी मंगलटारमा रहेको ल्याबमा परिक्षण सुरु गरिएको पालिकाले जनाएको छ । पाँचखाल नगरपालिकाले ४० थान किट पाएको छ । विदेशबाट आएका ३८ जनाको परिक्षण हुने मेयर महेश खरेलले जानकारी दिए ।

धुलिखेल नगरपालिकाले  धुलिखेल  प्राथमिक स्वास्थ्य केन्द्रमा ६ जनाको कोभिड १९ को परिक्षण परिक्षण सुरु गरेकाे छ । साेमबार पनि परिक्षण गरिने स्वास्थ्य शाखा संयाेजक सन्दिप केसीले बताए ।

महाभारत र खानीखोला गाउँपालिकाका लागि २० वटा किट पठाइएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले काभ्रे जिल्लालाई ३ सय थान किट पठाएको थियो । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार फागुन ३० गतेदेखि यता जिल्लामा २७१ जना विभिन्न देशबाट फर्किएका नागरिक सम्पर्कमा आएका छन् ।

प्रकाशित मिति : २०७६, ३० चैत्र आईतबार  ६ : ०८ बजे

मधेस प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामआशीष यादवले आज पदभार

संविधानको दायरामै सेना : जंगीअड्डाको ६ बुँदे स्पष्टिकरण

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको