२०८३, ३० श्रावण आईतबार

कोरोनाको महामारी : एक महिनामा विश्वभर के–के भए ?

कोरोनाको महामारी : एक महिनामा विश्वभर के–के भए ?


काठमाडौं, ३० चैत: कोरोना भाइरस (कोभिड–१९) लाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले महामारीको घोषणा गरेको एक महिना पूरा भएको छ । सन् २०१९ को अन्तिममा चीनको वुहानबाट फैलिएको यो भाइरसको कारण अहिलेसम्म एक लाख तीन हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

११ मार्चमा माहामरी घोयाणा भएपछि विश्वभर केके भए ? प्रमुख घटनाहरु यस्ता छन् :

१. विश्वभर संक्रमण र मृतकको संख्यामा वृद्धि

डब्लुएचओले कोभिड–१९ लाई महामारी गर्दा विश्वभर कोरोना भाइरसका संक्रमितको संख्या एक लाख १८ हजार थियो । अहिले यो संख्या बढेर १७ लाख नाघेको छ । त्यसबेला मृत्यु हुनेको संख्या पनि चार हजार तीन सय मात्र थियो । अहिले भने यो संख्या बढेर एक लाख तीन हजार नाघिसकेको छ ।

२. चीनमा संक्रमणमा कमी

सबैभन्दा पहिलो कोरोनाको महामारी सामना गरेको चीनमा अहिले नयाँ संक्रमितको संख्यामा कमी आएको छ । त्यहाँ भेटिएका नयाँ संक्रमितमा पनि अधिकांश विदेशबाट आएका मानिसमा छन् । स्थानीय स्तरमा धेरै नयाँ संक्रमण देखिएको छैन । त्यस्तै मृत्युदरमा पनि उल्लेख्य कमी आएको छ । शनिबार चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको थियो ।

यो भाइरसको उद्गम स्थल मानिएको वुहान सहरमा लगाइएको लकडाउन पूर्णरुपमा हटाइएको छ ।

३. यूरोप नयाँ इपिसेन्टर, अमेरिकामा बढे संक्रमित

पछिल्लो एक महिनाको अवधिमा कोरोना भाइरसको केन्द्र चीनबाट सरेर युरोप पुग्यो । सुरुमा इटली, त्यसपछि स्पेनमा संक्रमित र मृतकको संख्या बढ्यो । अहिले त फ्रान्स र जर्मनीले पनि समग्र संक्रमितको संख्यामा चीनलाई उछिने ।

मृत्यु हुनेको संख्या पनि स्पेन, इटाली र फ्रान्समा चीनको भन्दा चार गुणाभन्दा बढी छ ।

पछिल्ला दिनमा अमेरिका सबैभन्दा प्रभावित छ । त्यहाँ संक्रमितको संख्या पाँच लाख नाघेको छ, जसमध्ये २० हजारबढीले ज्यान गुमाएका छन् । र, अमेरिका नयाँ संक्रमित र मृतकको संख्याको हिसाबमा विश्वको सबैभन्दा धेरै प्रभावित हुने मुलुक बनेको छ ।

डब्लुएचओले भने अझै पनि कोरोना संक्रमितको संख्या बढ्न सक्ने चेतावनी दिएको छ ।

४. धेरै मुलुकमा लकडाउन र कडाइ

कोभिड–१९ लाई महामारीको घोषणा गरिएपछि अहिलेसम्म धेरै मुलुकहरुले मुलुकमा भाइरस नियन्त्रणको लागि लकडाउन, कफ्र्यु र सीमानाका बन्दजस्ता नियमहरु ल्याएका छन् । नेपालमा ११ चैतदेखि लकडाउन छ भने २१ दिनदेखि लकडाउनमा रहेको भारतले यसलाई बढाउने तयारी गरिरहेको छ ।

दक्षिण अफ्रिकाले राष्ट्रिय प्रतिबन्ध लगाएको छ भने जापानलगायतका मुलुकले आपतकालीन अवस्था घोषणा गरेका छन् । अमेरिकाले भाइरस नियन्त्रणको लागि रज्यले ५० अर्ब डलर रकम खर्च गर्न पाउने निर्णय गरेको छ भने जापानले ९ खर्ब ९० अर्बभन्दा बढीको आर्थिक सहायता घोषणा गरेको छ ।

मध्यपूर्वमा पनि टर्की, साउदी अरेबिया, ट्युनिसिया, यूएई र जोर्डनमा पनि कफ्र्यु तथा लकडाउन छ ।

५. डब्लुएचओको आलोचना

कोरोनाको महामारी नियन्त्रणका लागि उचित कदम चाल्न नसकेको भन्दै डब्लुएचओको आलोचना भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओले चीन केन्द्रित रहेर काम गरेको आरोप लगाए । उनले डब्लुएचओलाई दिँदै आएको अमेरिकी कोष रोक्न सक्ने चेतावनी पनि दिए । उनको आरोपको जवाफमा डब्लुएचओका अधिकारीहरुले कोरोनाको महामारीमा राजनीतीकरण नगर्न सबैलाई आग्रह गरेका छन् ।

यही समयमा ताइवान र डब्लुएचओको विवाद पनि निस्कियो । डब्लुएचओले ताइवानलाई सदस्य राष्ट्रबाट हटाएकाले समयमा नै सूचना पाउन नसकिएको ताइवानले आरोप लगायो । डब्लुएचओले त्यसलाई अस्वीकार गर्‍यो । गत महिना ताइवानले डब्लुएचओलाई डिसेम्बर ३१ मा भाइरसबारे जिज्ञासा राखेर पठाएको इमेलको कुनै जवाफ नआएको बताएको थियो । तर विश्व स्वास्थ्य संगठनले भने ताइवानले उल्लेख गरेअनुसारको जिज्ञासा राखेर पठाइएको कुनै इमेल प्राप्त नभएको बताएको छ ।

अनलाइन खबर/ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रकाशित मिति : २०७६, ३० चैत्र आईतबार  १२ : ४१ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका