२०८३, ३० भाद्र बुधबार

दुर्गा प्रसाईं पक्राउ : नागरिक बचाउ दल आजैदेखि आन्दोलनमा

दुर्गा प्रसाईं पक्राउ : नागरिक बचाउ दल आजैदेखि आन्दोलनमा


काठमाडौं । दुर्गा प्रसाईंलाई सोमबार राति भक्तपुरस्थित घरबाट प्रहरीले नियन्त्रणमा लिएपछि नागरिक बचाउ दलले आजैदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेको छ।

महामन्त्री प्रेमकुमार थाम्सुहाङले प्रसाईंलाई मध्यराति अपहरण शैलीमा पक्राउ गरिएको आरोप लगाउँदै तत्काल विना सर्त रिहाइको माग गरे। उनले सरकारकै कदमले शान्ति भंग भएको दाबी गर्दै आजै प्रमुख जिल्ला अधिकारीमार्फत ध्यानाकर्षणपत्र बुझाउने बताए।

प्रहरीले प्रसाईंलाई हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरेको जनाएको छ। ७ मंसिरदेखि आन्दोलनको तयारीमा रहेका प्रसाईंलाई नियन्त्रणमा लिएपछि नागरिक बचाउ दलले आन्दोलन अघि सारिएको बताएको छ।

प्रकाशित मिति : २०८२, २ मंसिर मंगलबार  ८ : ३२ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको