२०८२, २५ कार्तिक सोमबार

काभ्रेको कुन पालिकामा कति महिला स्वास्थ्य स्वयमसेविका ?

काभ्रेको कुन पालिकामा कति महिला स्वास्थ्य स्वयमसेविका ?


धुलिखेल, २९ चैतः नेपालमा मातृशिशु मृत्यु दर कम गराउन उल्लेखिय भूमिका खेलेका महिला स्वास्थ्य स्वयमसेविका फेरी एक पटक कोरोना भाइरस विरुद्ध सचेतना जगाउन परिचालित हुदैँछन् । सरकारले देशभरका महिला स्वास्थ्य स्वयम सेविकालाई सचेतना अभियानमा परिचालिन गर्न लागेको हो ।

काभ्रेको १३ स्थानीय तहमा हाल ९६७ जना महिला स्वास्थ्य स्वयमसेविका रहेका छन् । यो तथ्याङ्क सम्बन्धित गाउँपालिकामा रहेको स्वास्थ्य संयोजकहरुसँग सम्पर्क गरिर तयार पारिएको हो । जिल्लाको सबैभन्दा बढी पनौती नगरपालिकामा १२० जना महिला स्वास्थ्य स्वमयसेविका रहेका छन् ।

कोरोना भाइरस विरुद्ध सचेतना अभियानमा उनीहरुलाई कसरी परिचालन गर्ने भन्ने स्पष्ट मापदण्ड भने तयार भइसकेको छैन । तर अहिले पनि महिला स्वास्थ्य स्वयम सेविकाहरु कुनै न कुनै रुपमा खटिनै रहेका छन् । उनीहरुलाई थप सेवा सुविधा सहित परिचालन गर्न लागिएको हो ।

जिल्लाको अति विकट डाँडापारी क्षेत्रमा पर्ने खानीखोला र महाभारत गाउँ गाउँपालिकामा ४५/४५ जना महिला स्वास्थ्य स्वयमसेविका रहेका छन् । ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेको काभ्रेमा १३५ वटा वडा रहेका छन् । ती सबै वडामा भेग हेरेर एकदेखि दुईसम्म महिला स्वास्थ्य स्वयमसेविका राखिएको छ ।

हेरौँ कुन पालिकामा कति छन् महिला स्वास्थ्य स्वयमसेविका

प्रकाशित मिति : २०७६, २९ चैत्र शनिबार  ११ : ३१ बजे

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।