२०८२, २९ पुस मंगलबार

पाँचखाल नगरपालिकाले काट्यो स्वास्थ्य कर्मीको १७ प्रतिशत तलब

पाँचखाल नगरपालिकाले काट्यो स्वास्थ्य कर्मीको १७ प्रतिशत तलब


धुलिखेल, २८ चैतः काभ्रेको पाँचखाल नगरपालिकाले स्वास्थ्य कर्मीको १७ प्रतिशत तलब कट्टी गरेको पाइएको छ । संघीय सरकारले स्वास्थ्य कर्मीको तलब कट्टी नगरेको स्पष्टीकरण दिइरहदाँ पाँचखाल नगरपालिकाले भने १७ प्रतिशत तलब कटौती गरेको स्वास्थ्य कर्मीहरुले बताएका छन् ।

नगरपालिकाले विपद् ब्यवस्थापन कोषका लागि ७० जना स्वास्थ्य कर्मीको तलब कटौती गरेको पाँचखाल स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर अमन दत्तले जानकारी दिए । आफुहरुलाई थाहै नदिइ तलब कटौती गरेको भन्दै कर्मचारीहरुले विरुद्ध जनाएका छन् । एक महिनाको १ लाख ६५ हजार कटौती गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर भण्डारीले कटौती गरेको तलब कर्मचारीहरुकै खातामा शुक्रबार नै पठाइसकेको दाबी गरे । तर पाँचखाल स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर दत्तले भने अहिलेसम्म आफुहरुको खातामा रकम नगएको बताए । ‘प्रमुख कार्यकारी अधिकृतसँग कुरा भयो, मौखिक रुपमा हामी फिर्ता गर्नेछौ भन्नु भएको हो, डाक्टर दत्तले भने ‘तर लिखित निर्णय पनि भएको छैन्, अहिलेसम्म खातामा आएको छैन ।’नगरपालिकाले तलब कटौती गरेपछि स्वास्थ्यकर्मीहरुले आन्दोलनको तयारी गरेका छन् ।

प्रकाशित मिति : २०७६, २८ चैत्र शुक्रबार  ६ : ०९ बजे

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र