२०८२, २९ पुस मंगलबार

प्रदेशसभा सांसद हुमागाईले दिए आफ्नो निर्वाचन क्षेत्रका स्थानीय तहलाई दिए २५/२५ हजार

प्रदेशसभा सांसद हुमागाईले दिए आफ्नो निर्वाचन क्षेत्रका स्थानीय तहलाई दिए २५/२५ हजार


धुलिखेल, २८ चैतः काभ्रेबाट बामती प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद बसुन्धरा हुमागाईले आफ्नो निर्वाचन क्षेत्र भित्रका स्थानीय तहलाइ आर्थिक सहयोग दिन थालेका छन् । कोरोना भाइरससँग जुधिरहेका स्थानीय तहहरुका लागि सांसद हुमागाईले २५/२५ हजारका दरले आर्थिक सहयोग उपलब्ध गराउन थालेका हुन् ।

सांसद हुमागाईको निर्वाचन क्षेत्रमा पनौती, बनेपा, मण्डनदेउपुर नगरपालिका र बेथाञ्चोक गाउँपालिका पर्छ । सांसद हुमागाईले मण्डनदेउपुर नगरपालिकाको विपद् ब्यवस्थापन कोषमा २५ हजार रुपैयाँ जम्मा गरिसकेको जानकारी दिए ।

हुमागाई संघीय निर्वाचन क्षेत्र नम्बर २ को ख बाट निर्वाचित प्रदेश सांसद हुन् । उनले यसअघि प्रदेश स्तरमा गठन भएको मुख्य मन्त्री राहत कोषमा १ महिनामा आफुले पाउने सबै सेवा सुविधा बापतको रकम जिम्मा गरेका थिए ।

प्रकाशित मिति : २०७६, २८ चैत्र शुक्रबार  ९ : २० बजे

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र