२०८२, २९ पुस मंगलबार

लकडाउनले फर्सी नबिकेपछि धादिङ्गका किसान चिन्तित

लकडाउनले फर्सी नबिकेपछि धादिङ्गका किसान चिन्तित


  • पुरुषोत्तम रिजाल

धादिङ २७ चैतः कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले लकडाउन झन् थपिएपछि धादिङका किसानहरू मर्कामा परेका छन् । खेतमा तरकारी राम्ररी फले पनि व्यपारीले तरकारी लिन नमानेपछि किसानहरू चिन्तित भएका हुन् । थाक्रे २, धादिङमा ४ रोपनीमा फर्सी लागाएका कृष्ण प्रसाद रिजालले फर्सी नबिकेपछि फर्सीमानै ट्याक्टर लगाएर मकै छरेका छन् ।

किसान सधैँ मर्कामानै पर्छ । जति दुःख गरे पनि नाफा जति विचौलियाले खाने र कहिले कहीँ त मल र बिउको पैसा पनि न आउने कुरा किसान कृष्णप्रसाद रिजाल बताउँछन् । काठमाडौँमा ८० रूपियाँमा काउली बिक्री भएपनि आफूले जम्मा १५ रुपियाँमा बेच्नु परेको कृषक उत्तमप्रसाद रिजालको भनाइ छ ।

यसपाली कोरना भाइरसको कारण ९ रोपनीमा लगाएको तरकारीले घाटामात्र व्यहोर्नु परेको उनी बताउँछन् । ‘बारी भरी फर्सी छ, बजार लैजान सकिएन, समयमै बजार पुर्याउन सकिएन भने कुहि हाल्छ, रिजालले भने ‘बजार लैजान नसक्ने अवस्था आएपछि ट्याक्टर लगाएको हुँ ।’

प्रकाशित मिति : २०७६, २७ चैत्र बिहीबार  ६ : ११ बजे

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र