२०८२, ७ पुस सोमबार

जिल्लाको सबै स्थानीय तहमा संकट ब्यवस्थापन केन्द्र गठन गर्नुपर्ने

जिल्लाको सबै स्थानीय तहमा संकट ब्यवस्थापन केन्द्र गठन गर्नुपर्ने


धुलिखेल, २७ चैतः काभ्रे जिल्लाका सबै स्थानीय तहमा संकट ब्यवस्थापन केन्द्र गठन गर्नु पर्ने भएको छ । जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्रले सबै स्थानीय तहहरुमा पनि केन्द्र गठन गर्न आग्रह गरेको हो । जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा संकट ब्यवस्थापन समिति गठन भइसकेको छ । समितिको आज बसेको बैठकले जिल्लाका सबै स्थानीय तहमा जतिसक्दो छिटो संकट ब्यवस्थापन केन्द्र गठन गर्ने निर्णय गरेको हो ।

समितिले स्थानीय तहमा पनि बिरामी उद्दार टोली समेत गठन गर्न भनेको छ । कोभिड– १९ मैत्री एम्बुलेन्स द्वारा भाइरसको शंका लागेका विरामी अस्पतालमा ल्याउँदा आवश्यक सुरक्षा ब्यवस्था मिलाउने, विषम र जटिल परिस्थिति भएका बिरामीलाई प्रहरीको स्कटिङ सहित ल्याउनु पर्ने छ ।

बैठकले कोभिड १९ रोगको संक्रमण नियन्त्रणका लागि कुनै प्रकारका भेला, महोत्सव, जात्रा, पर्वहरु पूर्ण रुपमा हुन नदिने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७६, २७ चैत्र बिहीबार  ३ : ३९ बजे

मधेस प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामआशीष यादवले आज पदभार

संविधानको दायरामै सेना : जंगीअड्डाको ६ बुँदे स्पष्टिकरण

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको