२०८२, ७ पुस सोमबार

धुलिखेल अस्पतालमा पनि पीपीई बुथ

धुलिखेल अस्पतालमा पनि पीपीई बुथ


धुलिखेल, २७ चैतः धुलिखेल सामुदायिक अस्पतालमा पनि पीपीई बुथ राखिएको छ । बिहिबार देखि अस्पतालमा पीपीई बुथ सञ्चालनमा ल्याइएको हो । रोटरी क्लब धुलिखेलको आर्थिकमा सहयोगमा पीपीई बुथ सञ्चालनमा ल्याइएको हो ।

बुथ अस्पतालको आइसोलेशन वार्डको बाहिर राखिएको छ । कोरानो भाइरस (कोभिड १९) का सम्भावित संक्रमितको परीक्षणमा सहजताका लागि यो बुथ राखिएको हो । सम्भावित संक्रमितको घाँंटीबाट र्‍याल  निकाल्ने क्रममा चिकित्सकलाई पनि कोडिभ १९ सर्नबाट जोगाउन बुथको प्रयोग गरिएको जनाइएको छ ।

बुथभित्र बसेर सम्भावित संक्रमितको घाँंटीबाट र्‍याल  निकाल्दा चिकित्कसलाई रोग सर्ने सम्भाबना शुन्य हुने जनाइएको छ । संभावित संक्रमितको घाँंटीबाट र्‍याल निकाल्ने क्रममा चिकित्सक बुथभित्र र सम्भावित संक्रमित बुथको बाहिर बस्न मिल्ने ब्यवस्था गरिएको छ ।
डाक्टर महाविर पुनः अध्यक्ष रहेको राष्ट्रिय अनुसन्धान केन्द्रको सहयोगमा यो बुथ काठमाडौं बिल्डर्स प्रालि भक्तपुरले बनाएको हो ।

बुथ निर्माण समूहमा संलग्न ईन्जिनियर कृष्णभक्त दुवाल, इन्जिनियर हरेराम हुमागाई र रोटरी क्लब अफ धुलिखेलले एक कार्यक्रमका वीच अस्पताललाई यो बुथ हस्तान्तरण गरेका थिए ।

बुथ निर्माणमा सहयोग गर्ने राष्ट्रिय अनुसन्धान केन्द्रका अध्यक्ष डा महाबीर पुनः डा अरुण कुँवर, अमेरिका नेपाल मेडिकल फाउण्डेशनका डा शंकर ढकाल, ईन्जिनियर हरेराम हुमागाई, ईन्जिनियर विमलराज गोसाई र सिदार्थविक्रम पाण्डेलगायतलाई रोटरी क्लबले विशेष धन्यवाद दिएको थियो ।

प्रकाशित मिति : २०७६, २७ चैत्र बिहीबार  २ : २८ बजे

मधेस प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामआशीष यादवले आज पदभार

संविधानको दायरामै सेना : जंगीअड्डाको ६ बुँदे स्पष्टिकरण

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको