२०८२, २२ माघ बिहीबार

काभ्रेका बैंक तथा वित्तिय संस्था भोलिदेखि खुल्ने

काभ्रेका बैंक तथा वित्तिय संस्था भोलिदेखि खुल्ने


धुलिखेल, २६ चैतः काभ्रेका बैंक र वित्तिय संस्था भोलिदेखि खुलाउन बैंकका प्रमुखहरु तयार भएका छन् । लकडाउनपछि बन्द रहेका बैंक तथा वित्तिय संस्था खुलाउने विषयमा बुधबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा धुलिखेलमा बसेको बैठकमा सहभागि बाणिज्य बैंकका प्रमुखहरुले भोली देखि बैंक सञ्चालन गर्न सहमति जनाएका हुन् ।

बैठकमा बैंकका प्रमुख, उद्योग वाणिज्य संघका पदाधिकारी र सुरक्षा निकायका प्रमुख सहभागि भएका थिए । भोली देखि चैत ३० गतेसम्म दैनिक २ घण्टा बैंक खोल्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए । निर्णय अनुसार विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बैंक खुल्ने छ ।

बैठकले २०७७ बैशाख १ गतेपछि पनि एकअर्को संस्थाले सहकार्य समय निर्धारण गर्ने निर्णय गरेको छ । त्यस्तै आपुर्ति तथा अन्य अत्यावश्यकिय सेवा प्रवाहमा सहजीकरणका लागि सिन्धुपाल्चोक जिल्ला र दोलखा जिल्लाका बैंक तथा वित्तिय संस्था संचालनका लागी सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत समन्वय गर्ने पनि निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए ।

प्रकाशित मिति : २०७६, २६ चैत्र बुधबार  ३ : ३१ बजे

सिन्धुलीका बुद्धिजिविहरू उभिए, एमाले उमेदवार मनोज जंग थापाको पक्षमा

सिन्धुली: निर्वाचन नजिकिंदै जाँदा एमाले उमेदवार मनोज जंग थापाले सिन्धुलीका

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले