२०८२, ७ पुस सोमबार

काभ्रेका बैंक तथा वित्तिय संस्था भोलिदेखि खुल्ने

काभ्रेका बैंक तथा वित्तिय संस्था भोलिदेखि खुल्ने


धुलिखेल, २६ चैतः काभ्रेका बैंक र वित्तिय संस्था भोलिदेखि खुलाउन बैंकका प्रमुखहरु तयार भएका छन् । लकडाउनपछि बन्द रहेका बैंक तथा वित्तिय संस्था खुलाउने विषयमा बुधबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा धुलिखेलमा बसेको बैठकमा सहभागि बाणिज्य बैंकका प्रमुखहरुले भोली देखि बैंक सञ्चालन गर्न सहमति जनाएका हुन् ।

बैठकमा बैंकका प्रमुख, उद्योग वाणिज्य संघका पदाधिकारी र सुरक्षा निकायका प्रमुख सहभागि भएका थिए । भोली देखि चैत ३० गतेसम्म दैनिक २ घण्टा बैंक खोल्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए । निर्णय अनुसार विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बैंक खुल्ने छ ।

बैठकले २०७७ बैशाख १ गतेपछि पनि एकअर्को संस्थाले सहकार्य समय निर्धारण गर्ने निर्णय गरेको छ । त्यस्तै आपुर्ति तथा अन्य अत्यावश्यकिय सेवा प्रवाहमा सहजीकरणका लागि सिन्धुपाल्चोक जिल्ला र दोलखा जिल्लाका बैंक तथा वित्तिय संस्था संचालनका लागी सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत समन्वय गर्ने पनि निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए ।

प्रकाशित मिति : २०७६, २६ चैत्र बुधबार  ३ : ३१ बजे

मधेस प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामआशीष यादवले आज पदभार

संविधानको दायरामै सेना : जंगीअड्डाको ६ बुँदे स्पष्टिकरण

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको