२०८२, २९ पुस मंगलबार

काभ्रेभञ्ज्याङमा युवाहरुको नयाँ जुत्ति, खाली खुट्टा हिड्नेलाई निशुल्क चप्पल

काभ्रेभञ्ज्याङमा युवाहरुको नयाँ जुत्ति, खाली खुट्टा हिड्नेलाई निशुल्क चप्पल


धुलिखेल, २६ चैतः धुलिखेल नगरपालिका वडा नम्बर ९ काभ्रेभञ्ज्याङका युवाहरुले पैदय यात्रुहरुलाई निःशुल्क चप्पल दिन थालेका छन् । स्थानीय ८ जना युवाहरुको समूह मिलेर कोरोना भाइरसका कारण लकडाउन भएसँगै राजधानीबाट बीपी राजमार्ग गन्तब्य हिडेका यात्रुलाई निःशुल्क चप्पल वितरण गरेका हुन् ।

राजमार्गमा हिड्दा हिड्दै जुत्ता चप्पल चुडिएका वा च्यात्तिएर खालिखुट्टै हिड्न बाध्य भएकाहरुलाई निःशुल्क चप्पल दिने अभियान सुरु गरिएको अभियानका एक जना युवा रोशन हुमागाईले बताए । ‘हामी धेरै मानिस असहज रुपमा हिडिरहेका देख्यौँ, घरबाट निस्किदाँ लगाएको जुत्ता, चप्पल अप्ठ्यारो भएर हातमा बोकेको पनि देखेँपनि यो नयाँ उपाय लगाएका हौँ, रोशनले भने ‘राजमार्गमा यात्रुहरु हिडुञ्जेल यो अभियानलाई निन्तर दिने सोचिरहेका छौँ ।’

युवाहरुले बुधबार (आज) बाट काभ्रेभञ्ज्याङमा बीपी राजमार्गबाट गन्तब्य तर्फ जाने यात्रुहरुलाई यस्तो सुविधा दिन थालेका हुन् । अहिलेसम्म ८ जोर चप्पल वितरण गरिसकेको रोशनले बताए । रोशनसँगै स्थानीय युवाहरु सागर हुमागाई, श्रीजन हुमागाई, निमेष सिग्देल, कुरुणा बजगाई, कुसुम बजगाई, अस्मित हुमागाई र सुबित हुमागाई राजमार्गका यात्रुहरुको सेवाका लागि खटिएका छन् ।

उनीहरुले पानी, बिस्कुट, चाउचाउ र औषधि समेत उपलब्ध गराइरहेका छन् । केहि चिज आफै र केहि रेडक्रस काभ्रेका उपशाखाका सभापति बलराम सिग्देलले सहयोग गरेका छन् । औषधिको ब्यवस्थापन भने काभ्रे भञ्ज्याङ स्वास्थ चौकीका इन्चार्ज ब्रम्ह शाहले गरिदिएका छन् ।

प्रकाशित मिति : २०७६, २६ चैत्र बुधबार  २ : २२ बजे

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र