२०८२, २९ पुस मंगलबार

भुम्लुमा ३० बेडको क्वारेन्टाइन तयार

भुम्लुमा ३० बेडको क्वारेन्टाइन तयार


धुलिखेल, २५ चैतः काभ्रेको कोशीपारी क्षेत्रमा पर्ने भुम्लु गाउँपालिकाले ३० वेडको क्वारेन्टाइन तयार गरेको छ । पालिकाले वडा नम्बर ८ मा रहेको प्रकाश माध्यामिक विद्यालयमा क्वारेन्टाइन तयार गरेको पालिका अध्यक्ष गुमान्ध्वोज कुँवरले जानकारी दिए ।

पालिकाले हरेक वडामा १०/१० वेड क्षमताको क्वारेटाइन बनाउने निर्णय गरेको थियो । तर हरेक वडामा भन्दा एकै ठाउँमा क्वारेन्टाइन स्थापना गर्दा सबै सुविधा पुर्याउन सहयोग गर्ने जिल्ला विपद् ब्यवस्थापन समितिले सुझाव दिएको थियो । सोहि अनुसार पालिकाका सबै वडालाई पायक पर्ने ठाउँमा क्वारेन्टाइन तयार गरिएको अध्यक्ष कुँवरले बताए ।

पालिकाका स्वास्थ्य संयोजक सुदर्शन भट्टराईका अनुसार क्वारेन्टाइनलाई आवश्यक पर्ने औषधि , खाना, पानी, शौचालय , सुरक्षा र स्वास्थ्य कर्मीको ब्यवस्था गरिएको छ । भुम्लु गाउँपालिकामा फागुन देखि चैत ९ गतेसम्म विदेशबाट आइपुगेका २१ जना सम्पर्कमा रहेका छन् ।

पालिकाका स्वास्थ्य चौकी १० सामुदायिक स्वास्थ्या इकाई ४ ओटा रहेका छन् । स्वास्थ्य कर्मचारी ५८ जना रहेका छन् । पालिकाभित्र ३ वटा एम्बुलेन्स छन् । साथै गाउँपालिकामा तिनवटा नीजि मेडिकल रहेका छन् । एम्बुलेन्स चालकहरुको लागि पनि पिपिई उपलब्ध गराइएको छ । गाउँपालिकामा औषधीको व्यवस्था राम्रो रहेको उपाध्यक्ष कल्पना श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : २०७६, २५ चैत्र मंगलबार  ८ : ०१ बजे

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र