२०८२, ७ चैत्र आईतबार

भुम्लुमा ३० बेडको क्वारेन्टाइन तयार

भुम्लुमा ३० बेडको क्वारेन्टाइन तयार


धुलिखेल, २५ चैतः काभ्रेको कोशीपारी क्षेत्रमा पर्ने भुम्लु गाउँपालिकाले ३० वेडको क्वारेन्टाइन तयार गरेको छ । पालिकाले वडा नम्बर ८ मा रहेको प्रकाश माध्यामिक विद्यालयमा क्वारेन्टाइन तयार गरेको पालिका अध्यक्ष गुमान्ध्वोज कुँवरले जानकारी दिए ।

पालिकाले हरेक वडामा १०/१० वेड क्षमताको क्वारेटाइन बनाउने निर्णय गरेको थियो । तर हरेक वडामा भन्दा एकै ठाउँमा क्वारेन्टाइन स्थापना गर्दा सबै सुविधा पुर्याउन सहयोग गर्ने जिल्ला विपद् ब्यवस्थापन समितिले सुझाव दिएको थियो । सोहि अनुसार पालिकाका सबै वडालाई पायक पर्ने ठाउँमा क्वारेन्टाइन तयार गरिएको अध्यक्ष कुँवरले बताए ।

पालिकाका स्वास्थ्य संयोजक सुदर्शन भट्टराईका अनुसार क्वारेन्टाइनलाई आवश्यक पर्ने औषधि , खाना, पानी, शौचालय , सुरक्षा र स्वास्थ्य कर्मीको ब्यवस्था गरिएको छ । भुम्लु गाउँपालिकामा फागुन देखि चैत ९ गतेसम्म विदेशबाट आइपुगेका २१ जना सम्पर्कमा रहेका छन् ।

पालिकाका स्वास्थ्य चौकी १० सामुदायिक स्वास्थ्या इकाई ४ ओटा रहेका छन् । स्वास्थ्य कर्मचारी ५८ जना रहेका छन् । पालिकाभित्र ३ वटा एम्बुलेन्स छन् । साथै गाउँपालिकामा तिनवटा नीजि मेडिकल रहेका छन् । एम्बुलेन्स चालकहरुको लागि पनि पिपिई उपलब्ध गराइएको छ । गाउँपालिकामा औषधीको व्यवस्था राम्रो रहेको उपाध्यक्ष कल्पना श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : २०७६, २५ चैत्र मंगलबार  ८ : ०१ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको