काठमाडौं, २५ चैत : नेपालमा कोरोना महामारीको अवसरलाई छोपेर व्यापारीहरुले कालोबजारी गरिरहेको गुनासो आइरहेका छ । कोरोनाको मौका छोपेर व्यापारीले मात्र होइन एक जिम्मेवार व्यक्तिले समेत कमाउ धन्दा चलाइरहेको घटना बाहिर आएको छ ।
महानगरीय अपराध महाशाखाको विशेष टोलीले मंगलबार ६७ थान थर्मो गन प्रतिगोटा १५ हजारका दरले १० लाख रूपैयाँमा बेच्न कुटनीतिक गाडीमा आएका किर्गिस्तानका लागि नेपालका अनररी काउन्सलर सुलभ अग्रवाललाइ पक्राउ गरेको छ ।
प्रहरीले कुटनीतिक नम्बर प्लेटको २०९–एचसीसी–१ नम्बरको गाडीमा ज्वरो नाप्ने यन्त्रको कालोबजारी गरिररहेको अवस्थामा अग्रवाललाइ पक्राउ गरेको हो । उनका साथबाट ६७ थान थर्मो गन समेत बरामद भएको छ ।
जगदम्बा सिमेन्ट, जगदम्बा छड र धागो उद्योगका मालिक समेत रहेका अग्रवाललाई नक्साल क्षेत्रबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ । २०९ एचसीसी १ नम्बरको गाडीमा थर्मल गन बेच्दै हिडेको अवस्थामा महाशाखाले फेला पारेको हो ।
गत साता नेपाल वायुसेवा निगमको वाइडबडी जहाज प्रयोग गरी केहि व्यापारीले चीनबाट सामग्री ल्याएका थिए । सोही जहाजमा शंकर ग्रुपले पनि स्वास्थ्य सामग्री ल्याएको पाइएको छ ।
नयाँ पेजबाट साभार
प्रतिक्रिया