२०८२, २४ भाद्र मंगलबार

कोरोना रोकथाम तथा उपचार कोषलाई सङ्घीय संसद् सचिवालयको एक करोड

कोरोना रोकथाम तथा उपचार कोषलाई सङ्घीय संसद् सचिवालयको एक करोड


काठमाडौं २५ चैत  : सङ्घीय संसद् सचिवालयले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम,नियन्त्रण तथा उपचार कोषमा रु एक करोड एक लाख ३२ हजार ८०० जम्मा गरेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज सो रकम जम्मा गरिएको हो । कोषमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समान रु ६७ हजार ३२० जम्मा गर्नुभएको छ ।

राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले रु ७० हजार ७३० जम्मा गर्नुभएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलका तर्फबाट १९५ जना सांसदको रु ६३ लाख दुई हजार ५९० कोषमा जम्मा गरिएको छ । सङ्घीय समाजवादी फोरमका सांसद प्रदीप यादवको रु ६४ हजार ७०, राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलको रु ३२ हजार ३५ कोषमा जम्मा गरिएको छ ।

सभामुख, अध्यक्ष तथा सांसदको निजी सचिवालयका कर्मचारीको रु २१ लाख ४६ हजार ८५६, सचिवालयका स्थायी कर्मचारीको रु ११ लाख १७ हजार ९७९, करारका कर्मचारीको रु दुई लाख ६३ हजार ९०० जम्मा गरिएको छ । कोषका हालसम्म रु एक अर्ब ८३ करोड ७७ लाख ८० हजार ६२० बराबरको रकम जम्मा भएको छ ।

रासस

प्रकाशित मिति : २०७६, २५ चैत्र मंगलबार  ४ : ०४ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा