२०८२, २६ भाद्र बिहीबार

काभ्रेको विकट महाभारत गाँउपालिकामा ३५ बेडको क्वारेन्टाइन तयार

काभ्रेको विकट महाभारत गाँउपालिकामा ३५ बेडको क्वारेन्टाइन तयार


धुलिखेल, २४ चैतः काभ्रेको अति विकट क्षेत्रमा पर्ने महाभारत गाउँपालिकामा ३५ बेडको क्वारेन्टाइन तयार भएको छ । गाउँपालिकाले कोरोना भाईरस(कोभिड–१९ ) रोकथामका लागि उच्च जोखिम र शंस्कास्पद व्यक्तिहरुलाई सुरक्षित राख्न ३५ बेड क्षमताको क्वारेन्टाइन तयार परेको पालिका अध्यक्ष कान्छामान जिम्बाले जानकारी दिए ।

पालिकाले महासिद्धि प्राथमिक विद्यालयको भवनमा, ८ बेड र वडा नम्बर ५ को वडा कार्यालयमा ६ बेड, गाउँपालिकाको पुरानोे भबनमा ७ बेड, घर्तिछाप स्वास्थ्य चौकीमा ४ बेड, भैरव माध्यामिक विद्यालयको भवन धापमा ६ बेड र बाल उज्जाल प्राथमिक विद्यालय ४ बेड गरि ३५ बेडका तयार पारेको पालिका अध्यक्ष जिम्बाले बताए ।

क्वारेन्टाईनमा स्वास्थ्यकर्मी, खाना, स्वास्थ्य जाच, सुरक्षा, व्यक्तीगत सरसफाइको किटबक्स लगायत अत्यावश्क सबै सामान पुगिसकेको अध्यक्ष जिम्बाले बताए । ‘हाम्रो विकट ठाउँ भएपनि हामीले यहिको स्रोत साधनलाई अधिकतम प्रयोग गरेर ३५ बेडको क्वारेन्टाइन तयारी अवस्थामा राखेका छौँ, पालिकाध्यक्ष जिम्बाले भने ‘कोरोनाभाइरसका संक्रमण नफैलियोस भन्नका लागि पालिकाभित्र प्रवेश गर्ने सबै नाकाहरुमा पनि कडाइ गरिएको छ ।’

प्रकाशित मिति : २०७६, २४ चैत्र सोमबार  ११ : १३ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा