२०८२, २९ पुस मंगलबार

काभ्रेमा विदेशबाट फर्किएकाको क्वारेन्टाइन अवधि सकियो, त्रास कायमै

काभ्रेमा विदेशबाट फर्किएकाको क्वारेन्टाइन अवधि सकियो, त्रास कायमै


धुलिखेल, २४ चैतः सरकारले चैत ९ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडान रद्द गर्यो । फागुन महिना र अन्तर्राष्ट्रिय उडान बन्द हुनुभन्दा अघि सम्म काभ्रे जिल्लाको विभिन्न स्थानीय तहमा ४११ जना सम्पर्कमा छन् । यो संख्या अझै बढ्न सक्छ ।

जब चैत ४ गते कतार एयवेज मार्फत नेपाल आएकी युवतीमा कोरोना संक्रमण देखिएपछि काभ्रेका स्थानीय तहले पनि विदेशबाट फर्किएकाको तथ्याङ्क संकलन गरे । कतिपय सम्पर्कमा आए । कति आएनन् । जिल्लाको स्थानीय तहको स्वास्थ्य संयोजकहरुको अनुभव के छ भने विदेशबाट आएकालाई सम्पर्कमा ल्याउनै मुस्किल ।

सरकारले विदेशबाट फर्किएकालाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न भयो । ९ चैत देखि यता १५ दिनबितेसकेको छ । यसरी हेर्दा विदेशबाट फर्किएका र स्थानीय तहको सम्पर्कमा आएका अधिकांशको क्वारेन्टाइनमा बस्ने अवधि सकिएको छ । विदेशबाट फर्किएकालाइ मण्डनदेउपुर नगरपालिका बाहेक अन्य कुनै पनि स्थानीय तहले क्वारेन्टाइनमा राखेनन् ।

उनीहरुलाई घरमै सुरक्षित साथ बस्न भनियो । केहि स्थानीय तहले स्वास्थ्य कर्मी परिचालन गरे । केहि त्यहि पछि गरेरन । फोन मार्फत ज्वरोको विवरण लिएको समेत गुनासो आएको छ । जिल्लाको अधिकांश क्वारेन्टाइन खाली हुनुको कारण पनि यहि हो । विदेशबाट फर्किएका आ–आफ्नो घर पुगे । क्वारेन्टाइन ढिला तयार भयो । घरमै सुरक्षित बस्न भनियो । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको प्रमुख डाक्टर नरेन्द्र कुमार झाले १४ दिनको क्वारेन्टाइन अवधि सकिएपनि होसियार भने अझै हुन जरुरी रहेको बताए ।

स्थानीय त्रसित

पाँचखाल नगरपालिका वडा नम्बर ४ का एक जनाले फोन मार्फत गुनासो गरे । मेरो छिमेकमा विदेशबाट आएका एक जना छन् । अस्पताल जानुभन्दा पनि मान्दैनन । निस्फिक्रि हिडडुल गरिरहेका छन् ।

गुसानो गर्ने पाँचखाल ४ का उनी एक प्रतिनिधि पात्र मात्रै हुन् । स्थानीय तहहरुले आफ्नै घरमा सुरक्षित साथ बस्नु भनेका विदेशबाट फर्किएकाहरु गाउँ डुलिरहेका छन् । उनीहरुलाई चिकित्सिकको प्रत्यक्ष निगरानीमा नराख्दा स्थानीय त्रसित बनेका हुन् ।

आइतबार पनौती नगरपालिका वडा नम्बर १२ भुमिडाँडा, मगरगाउँकी मधुमाया तामाङलाई धुलिखेल अस्पताल पुर्याउन साथ डाक्टरहरुले मृत घोषण गरे । भलै उनको स्वाब परिक्षणको रिपोर्ट आइसकेको छैन । तर मृतककी छोरी यहि चैत ३ गते कतारबाट आइपुगेकी थिइन् ।

प्रकाशित मिति : २०७६, २४ चैत्र सोमबार  ९ : १० बजे

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र