धुलिखेल, २३ चैतः काभ्रेको अति विकट महाभारत गाउँपालिका वडा नम्बर १ मा पनि क्वारेन्टाइन स्थापना गरिएको छ । वडा कार्यालयले ५ वेडको क्वारेन्टाइन स्थापना गरेको वडाध्यक्ष कान्छामान जिम्बाले जानकारी दिए ।
वडा नम्बर १ मा विदेशबाट आएको कोहिपछि सम्पर्कमा आएका छैनन् । भैरव मावि धापमा सञ्चालन गरिएको क्वारेन्टाइनका लागि खानेपानी, शैचालय र खानाको समेत ब्यवस्था गरेको वडाध्यक्ष जिम्बाले बताए । ‘यो वडास्तरको क्वारेन्टाइन हो, वडाध्यक्ष जिम्बाले भने ‘क्वारेन्टाइनमा बस्ने मानिसका लागि चाहिले आधारभुत चिज सबैको ब्यवस्थापन गरेका छौँ ।’
यो सहित पालिकाभित्र क्वारेन्टाइनको संख्या १० वेडको भएको छ । यसअघि महाभारत गाउँपालिका वडा नम्बर ५ मा क्वारेन्टाइन तयार भइसकेको छ ।
प्रतिक्रिया