२०८२, २९ पुस मंगलबार

पनौती–८ का वडासदस्य शोभाले गरिन फूड बैंकमा खाद्यान्न सहयोग

पनौती–८ का वडासदस्य शोभाले गरिन फूड बैंकमा खाद्यान्न सहयोग


धुलिखेल, २३ चैतः पनौती नगरपालिका वडा नम्बर ८ का वडा सदस्य शोभा कार्की फूड बैंकमा खाद्यन्न सहयोग गरेकी छन् । नगरपालिकाले कोरोना भाइरसको संक्रमणपछि राहत ब्यवस्थापनका लागि सञ्चालनमा ल्याएको फूड बैंकमा कार्कीले आइतबार सहयोग गरेकी हुन् ।

कार्कीले ५० बोरा चालम, २० बोरा चिउरा र ४ बोरा नुन सहयोग गरेको फूड बैंक ब्यवस्थापन समितिका संयोजक इन्द्रप्रसाद अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार वडा सदस्य कार्कीले गरेको सहयोग हालसम्मकै धेरै हो ।

आइतबार नै बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले २० चालम र २ बोरा चिनी, धनध्वज तामाङले ५ बोरा दाल, विवेक विक्रम राणाले ५ बोरा आलु उपलब्ध गराएको बरिष्ठ प्रशासकीय अधिकृत समेत रहनुभएका फूड बैंक ब्यवस्थापन समितिका संयोजक अधिकारीले बताए ।

दिउँसोसम्म १६ जना ब्यक्ति तथा संघसंस्थाले फूड बैंकमा सहयोग गरेका छन् । पालिकाले बिहीबारदेखि फूड बैंक सञ्चालनमा ल्याएको हो । नगरपालिकाले दैनिक ज्याला मजदुरी गर्ने र अति विपन्न १३० घरधुरी परिवारलाई पहिलो चरणको राहत उपलब्ध गराइसकेको नगरप्रमुख भिमप्रसाद न्यौपानेले बताए । पालिकाले राहत वितरणको मापदण्ड समेत तयार गरेको छ । राहत प्याकेजमा १७ प्रकारका दैनिक उपभोग्य चिज उपलब्ध गराइएको नगरप्रमुख न्यौपानेले बताए ।

प्रकाशित मिति : २०७६, २३ चैत्र आईतबार  ३ : ०५ बजे

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र