२०८२, २५ कार्तिक सोमबार

काभ्रेमा अधिकांश क्वारेन्टाइन खाली (पालिका स्तरीय विवरण यस्तो छ )

काभ्रेमा अधिकांश क्वारेन्टाइन खाली (पालिका स्तरीय विवरण यस्तो छ )


धुलिखेल, २३ चैतः काभ्रे जिल्लाका १३ वाटै स्थानीय तहका स्वास्थ्य संयोजकसँग सम्पर्क गरि लिएको तथ्याङ्क अनुसार जिल्लामा विदेशबाट आउनेको संख्या ४११ जना छ । तर जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं कोरोना रोकथाम, नियन्त्रण र ब्यवस्थापन गर्न जिल्लामा गठन भएको कमाण्ड पोष्टका सदस्य सचिव डाक्टर नरेन्द्र कुमार झालाई उदृत गर्दै शुक्रबार साझँ जिल्लाका विभिन्न अनलाइनहरुले ३४९ र ३५३ जना विदेशबाट फर्किएको तथ्याङ्क सार्वजनिक गरे ।

कतिपय विदेशबाट फर्किएहरुको अझै सम्पर्कमा नआएको र ल्याउन धेरै कष्ट गर्नुपरिरहेको स्वास्थ्य संयोजकहरु बताउँछन् । जिल्लाको सबैभन्दा बढी पनौती नगरपालिकामा १०९ जना विदेशबाट आएको ब्यक्ति सम्पर्क आएका छन् । तर कमाण्ड पोष्टसँग भने १०१ जनाको मात्रै तथ्याङ्क छ । विभिन्न पालिकाका स्वास्थ्य संयोजकहरुका अनुसार अझै यो संख्या बढ्न सक्छ ।

यत्तिधेरै संख्यामा विदेशबाट काभ्रे जिल्लामा आएपनि क्वारेन्टाइनमा भने मण्डनदेउपुर नगरपालिका बाहेक अन्य नगरपालिकाले राख्ने हिम्मत गरेनन् । मण्डनदेउपुर नगरपालिकाले विदेशबाट फर्किएका ८ जनालाई आफैले सञ्चालनमा ल्याएको क्वारेन्टाइनमा राखेर पटक–पटक स्वास्थ्य परीक्षण गरेपछि ५ जनालाई घर पठाएको छ । अझै ३ जनालाई क्वारेन्टाइनमै राखेको छ । मण्दडेउपुरमा ३८ जना एक महिनाको बिचमा विदेशबाट आइपुगेको तथ्याङ्क छ ।

कमाण्ड पोष्टसँग जिल्लामा कति विदेशबाट फर्किएका छन् । र कति क्वारेन्टाइन संख्या छ भन्ने समेत यथेष्ट तथ्याङ्क छैन । जसले कर्ता मिडिया मार्फत जाने तथ्याङ्क समेत फरक फरक परिरहेको छ । यस पाठक वर्गमा दुविधा पर्न सक्छ । एउटा उदहारण कमाण्ड पोष्टको विवरणमा धुलिखेलको सञ्जीवनी माविमा ७० वेडको क्वारेन्टाइन उल्लेख छ । तर धुलिखेल नगरपालिकाका स्वास्थ्य संयोजक सन्दिप केसीका अनुसार ६० वेड मात्रै क्वारेन्टाइन छ ।

धुलिखेल नगरपालिकाभित्र ४१ जना विदेशबाट आएका छन् । तर एक जनालाई पनि क्वारेन्टाइनमा राखेको छैन । सबैलाई आ–आफ्नै घरमा सुरक्षित साथ बस्न भनेको छ । बनेपा नगरपालिकाभित्र ४६ जना विदेशबाट आएको तथ्याङ्क छ । त्यसमध्ये एक जनालाई धुलिखेल अस्पतालको ओइसोलेसन कक्षमा उपचार गरिएको छ । तर उनी पनि नगरपालिकाका स्थायी बासिन्दा भने होइनन् ।

भुम्लु गाउँपालिकाले हरेक वडामा १०÷१० बेडको क्वारेन्टाइन सञ्चालन गर्ने निर्णय गरेको थियो । तर जिल्ला स्तरीय विपद् ब्यवस्थापन समितिले सबै वडामा सञ्चालन गर्ने अनुमति नदिएपछि अहिले एकै ठाउँमा ३० वेडको क्वारेन्टाइन निर्माणमा जुटेको स्वास्थ्य संयोजक सुर्दशन भट्टराईले बताए ।

जिल्लामा सबैभन्दा कम खानीखोला गाउँपालिकामा ११ जना विदेशबाट आएको विवरण पालिकाले तयार पारेको छ । यस १५ वेडको क्वारेन्टाइन निर्माण गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टार झाका अनुसार केहि विदेशबाट फर्किएकाहरुको ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) मार्फत धुलिखेल अस्पतालको सामुदायिक विभागका स्वास्थ्य कर्मीले अवस्था बुझ्ने गरेका छन् ।

यस्ताे छ जिल्लाकाे विवरण

प्रकाशित मिति : २०७६, २३ चैत्र आईतबार  १० : १० बजे

रामकुमारी झाँक्रीसहितका नेताहरू आज एमाले फर्किँदै

काठमाडौं । एकतापछि नेकपा (एमाले) मा नफर्केका नेताहरू आज (सोमबार)

मधेशको मुख्यमन्त्रीमा ठूलो दलको नाताले एमालेका सरोज यादव नियुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले)

मधेस प्रदेशमा तीन मन्त्री नियुक्त, होटलमा शपथ ग्रहण

जनकपुरधाम । मधेस प्रदेशमा तीन जना मन्त्री नियुक्त भएका छन्। नेकपा

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत