२०८२, १३ फाल्गुन बुधबार

पनौती नगरपालिकाको उदाहरणीय काम ‘सबै वडाका अतिविपन्नलाई राहत’

पनौती नगरपालिकाको उदाहरणीय काम ‘सबै वडाका अतिविपन्नलाई राहत’


धुलिखेल, २२ चैतः काभ्रेको पनौती नगरपालिकाले स्थानीय सरकारको असल अभ्यासको थालिने गरेको छ । नगरपालिकाले विश्वब्यापी फैलिएको कोरोना भाइरसको महामारीसँगै लकडाउनपछि उत्पन्न परिस्थितिका कारण मजदुर तथा अति विपन्न परिवारको पहिचान गरेको छ ।

बुधबार बसेको नगरस्तरीय विपद् ब्यवस्थापन समितिको आकस्मिक बैठकले हरेक वडाध्यक्षलाई आफ्नो वडाभित्र दैनिक ज्याला मजदुरी र विपन्न परिवारको तथ्याङ्क संकलन गर्न लगायो । नगरपालिका आफैले मापदण्ड बनायो । ४ जनासम्मका परिवार संख्या भएकालाई १० किलो, र ४ जनाभन्दा बढी सदस्य रहेको परिवारलाई १५ किलो चालमसहित १७ प्रकारका दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने । सोहि निर्णय अनुसार नगरपालिका आफैले खरिद गरेर १ सय ३० जनालाई राहत उपलब्ध गराएको छ ।

शनिबार ७ नम्बर वडा बाहेक अन्य वडाहरुमा राहत सामग्री पुर्याएर वितरण गरिएको नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिए । जिल्लामा लकडाउनपछि आफैले खरिद गरेर विपन्न नागरिकलाई राहत दिने पनौती नगरपालिका नै पहिलो बनेको छ । नगरपालिकाले राहत सामग्री खरिदका लागि सार्वजनिक रुपमा दरबाउ नै आह्वान गरेर खरिद गरेको हो । ३ लाखभन्दा बढीको राहत सामग्री खरिद गरिएको बरिष्ठ प्रशासकीय अधिकृत अधिकारीले बताए ।

विपद्का बेला असाहय, बृद्धबृद्धा र विपन्न परिवारप्रति नगरपालिकाले गरेको काम अन्य स्थानीय तहहरुका लागि समेत उदाहरणीय बनेको छ । नगरपालिकामा निर्वाचित भएर आए देखिनै जनमुखि काम गर्दै आएका मेयर भिमप्रसाद न्यौपानेले यो विपद्का बेला अर्को जनमुखि काम गरेर स्थानीयको मन जितेका छन् । राहतमा एकद्वार प्रणाली लागु गर्न फूड बैंक सञ्चालनमा ल्याइएको छ । सहयोगीहरुले यहि बैंक मार्फत सहयोग उपलब्ध गराउँदै आएका छन् । फूड बैंक ब्यवस्थापनका लागि छुट्टै समिति बनाइएको छ ।

हरेक वडामा अत्याश्वक वस्तुको सहज आपूर्तिका लागि सम्बन्धित वडाध्यक्षको अध्यक्षतामा आपूर्ति समिति गठन गरिएको छ ।

प्रकाशित मिति : २०७६, २२ चैत्र शनिबार  ७ : ४१ बजे

शंकर पोखरेलको विकास दृष्टि : संरचना,स्थायित्व र समृद्ध भविष्यको रणनीतिक मार्गचित्र

राजनीतिमा प्रतिबद्धता धेरैले व्यक्त गर्छन् । तर त्यसलाई योजनाबद्ध दृष्टि,

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको