२०८२, २२ जेष्ठ बिहीबार

काभ्रेको कोलाती भुम्लुमा खानेपानीको चरम समस्या, सातामा एकदिन पालो !

काभ्रेको कोलाती भुम्लुमा खानेपानीको चरम समस्या, सातामा एकदिन पालो !


  • क्रान्ति दाेङ

धुलिखेल, २२ चैतः काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिका वडा नम्बर ६ कोलाती भुम्लुमा खानेपानीको चरम अभाव सिर्जना भएको छ । एक गाग्री पानीका लागि एक साता पालो कुर्नुपर्ने बाध्यता रहेको स्थानीयले बताए । गर्मी बढेसँगै भएका खानेपानीका मुहान सुकेपछि नर्जापाखाका पहरी समुदाय खानेपानीको हाहाकार झेल्न बाध्य भएका हुन् ।

नर्जापाखामा ४५ घरधुरी छ । त्यसमा अधिकांश पहरी समुदायका नागरिक छन् । स्थानीय युवा सुजन पहरीका अनुसार पानीको हाहाकार बढेपछि दिनरात पानीको मुहानमा बिताउनु परेको छ । एक गाग्री पानीका लागि एक साता कुर्नु पर्ने उनले बताए । ‘नजिक भएको सबै मुल सुकिसके, सातामा एकदिन पालो आउँछ, सुजनले भने ‘तीन घण्टा हिड्नु त हाम्रो दैनिकी नै भइसक्यो ।’

नर्जापाखाबाट स्थानीयहरु विहान भालेको डाँकसँगै स्यालबुङ गैरा हुदैँ मुलाबारीसम्म पानी खाेज्न पुग्ने गरेका छन् । भएका पानीको मुल सुकेपछि सल्लेखोलाको पानी सिधै खानु पर्ने बाध्यता रहेको सुजन पहरीले बताए । नर्जापाखा गाउँमा खानेपानीको यत्तिबिघ्न समस्या भने भुकम्पपछिको हो । भुकम्पले भएका रैथाने मुलहरु सुकाइदिएपछि स्थानीयले खानेपानीको समस्या झेलिरहेका हुन् ।

घरधन्दा भन्दा पहिले खानेपानी खोज्दै स्थानीय भौतारी रहेका हुन्छन। ‘विहान घरबाट ४ बजे निस्किएका स्थानीय ८ बजेतिर एक गाग्री पानी लिएर आइपुग्छन् स्थानीय सुजन पहरीले भने ।’ स्थानीयको खानेपानी समस्या समाधानका लागि गाउँपालिकाले भुम्लुखेत खहरे खोलाबाट लिफ्ट सञ्चालनका लागि पहल गरेपनि अझै सम्भव भएको छैन ।

भुम्लुखेत खहरे खोलाबाट लिफ्ट गरेर मगरडाँडामा खानेपानी पुर्याउन टेण्डर आह्वान गरेपनि कोरोना भइरसका कारण टेण्डरको टुंगो नलागेको वडाध्यक्ष भरत बहादुर शिवभक्तीले बताए । ‘साविकको १ देखि ६ सम्मका दाजुभाई दिदी बहिनीलाई जीवन धान्नै मुस्किल परिसक्यो, वडाध्यक्ष शिवभक्तीले भने ‘लिफ्टिङ परियोजना छिट्टै अघि बढ्छ भन्ने सोचिरहेकै बेला कोरोना भाइरसलका कारण टेण्डर टुंगो लाग्नै सकेन ।’

वडाध्यक्ष शिवभक्तिले साविक १ देखि ६ नम्बर वडासम्म खानेपानीको चरम समस्या रहेको बताए । गाउँमा घट्टे खोलाबाट ल्याएको पानीको पाइप समेत सडक निर्माण गर्ने क्रममा क्षतविक्षत हुने गरी ठेकेदारले काँटिदिदा थप समस्या बल्झिएको उनको भनाई छ । खहरे खोला लिफ्ट परियोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ ।

यो खानेपानी आयोजना मार्फत वडा नम्बर ६ का ४ सय घरधुरी परिवारले पानी खान पाउँछन् । परियोजना तीन वर्षभित्र सकाईसक्ने गरी यहि वर्ष साढे २ करोडको टेण्डर आह्वान भएको छ । तर काम भने कहिलेदेखि अघि बढ्ने हो कुनै निश्चित छैन् ।

खानेपानी समस्याकै कारण सिम्ले, खर्कपाखा, नर्जापाखा, बराल टोल, दलित बस्ती लगायत गाउँका बालबालिका नियमित विद्यालय जान समेत नसकिरहेको जनता माध्यामिक विद्यालयका शिक्षक राजु लामाले बताए । ‘बिहान सबेरै पानी खोज्न गयो, कतिखेर फर्कने हो टुंगो हुदैँन शिक्षक लामाले भने ‘यहि कारण धेरै बालबालिका पढ्नका लागि नियमित विद्यालय जान सकिरहेका छैनन् ।’

प्रकाशित मिति : २०७६, २२ चैत्र शनिबार  ९ : ४७ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक