२०८२, २९ पुस मंगलबार

पाँचखालका मेयर खरेल असहाय र विपन्न खोज्दै घर-घर पुगे राहत लिएर

पाँचखालका मेयर खरेल असहाय र विपन्न खोज्दै घर-घर पुगे राहत लिएर


धुलिखेल, २१ चैत पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले पाँचखाल नगरपालिका भित्र रहेका असहाय, वृद्ध, बिपन्न तथा दैनिक ज्याला गर्ने परिवारलाई राहत बितरण सुरु गरेका छन् । ग्रिन भिलेज हाउजिङ प्रालिका प्रविन कुस्मा र लक्ष्मण अवालेबाट ४०० थान मस्क, चामल ५ के जी, मस्यौरा, दाल लगायत सामग्री भएको ३ सय थान राहत नगरलाई उपलब्ध गराएको थियो । सोहि राहत वितरण गर्न मेयर आफै असहाय र विपन्न परिवाको घर–घर पुग्नुभएको हो ।

वडा अध्यक्षहरुसङ्ग समन्वय गरि असहाय, वृद्ध, बिपन्न तथा दैनिक ज्याला गर्ने परिवारलाई बितरण गरिरहेको मेयर खरेलले बताए ।

मेयर खरेल बिहिबार पाँचखालका किसानको खेतमै पुगेर किसानको समस्या बुझेका थिए । लकडाउनसँगै उत्पादन भएका तरकारी, दूध बजारमा लैजान समस्या भोगिरहेका किसानसँग मेयर खरेलले छलफल गरेका हुन् । ताजा तरकारी उत्पादनका हिसाबले बागमती प्रदेशकै अब्बल क्षेत्रमा पर्ने पाँचखालका किसान लकडाउनसँगै तकारी बजारमा पुर्याउन नसक्ने समस्या झेलिरहेका छन् ।

प्रकाशित मिति : २०७६, २१ चैत्र शुक्रबार  २ : ५५ बजे

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र