२०८२, २९ चैत्र सोमबार

कोरोना भाइरस रोकथामका लागि इन्सेकले सरकारलाई १० लाख दिने

कोरोना भाइरस रोकथामका लागि इन्सेकले सरकारलाई १० लाख दिने


काठमाडौं, २० चैत : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा १० लाख ४ हजार ६ सय ५४ रुपियाँ प्रदान गर्ने निर्णय गरेको छ ।

‘विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई सो रकम प्रदान गर्ने निर्णय इन्सेकले गरेको हो ।’–इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

इन्सेकमा कार्यरत पूर्णकालीन कर्मचारी, ७७ जिल्लामा कार्यरत जिल्ला प्रतिनिधि तथा विभिन्न परियोजनामा कार्यरत कर्मचारीहरूको सात दिनको तलबवापतको रकम उक्त कोषमा जम्मा गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ । ‘कोरोना भाइरस संक्रमणको रोकथामका लागि नेपाल सरकारले गरेको प्रयासमा इन्सेकको सानो सहयोगले केही सघाउ पुग्ने हामीले अपेक्षा गरेका छौँ ।

प्रकाशित मिति : २०७६, २० चैत्र बिहीबार  ९ : ४४ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४