२०८२, २५ कार्तिक सोमबार

तेमालमा सर्वदलिय बैठक (यस्ता छन् निर्णय)

तेमालमा सर्वदलिय बैठक (यस्ता छन् निर्णय)


धुलिखेल, २० चैतः काभ्रेको तेमाल गाउँपालिकामा कोरोना भाइरस विरुद्धको अभियान घर–घरमा सञ्चालन गर्न सबै दल सहमत भएका छन् । बिहिबार पालिकामा भएको सर्वदलिय बैठकमा सबैदलका प्रमुख र प्रतिनिधिहरुले ऐक्यबद्धता जनाएका हुन् ।

बैठकमा तेमाल गाउँपालिकामा क्रियाशिल नेपाली काँग्रेसका तेमाल गाउँपालिका सभापति तिमाल सिं तामाङ, नेपाल कम्युनिष्ट पार्टीबाट जेनिश लामा, डि.एम लामा र इन्द्रमान तामाङ र समाजवादी पार्टी नेपाल तेमाल गाउँपालिका प्रमुख स्त्रीमया तामाङ सहभागि भएका थिए । बैठकले लकडाउनलाई पूर्णरुपले कार्यान्वयन गराउन सबै पार्टी एकमत भएका छन् ।

त्यस्तै वडाध्यक्षको संयोजकत्वमा वडा समिति रहने गरी एक सर्वदलिय समिति बनाई कोरोना भाइरस विरुद्धको सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । विदेशबाट आएका ब्यक्तिहरुको थप पहिचान गरी विवरण संकलन गरी तत्कालन गाउँपालिकामा पठाउने पनि निर्णय गरेको योजना शाखा प्रमुख राजकुमार तामाङले जानकारी दिए ।
सवैदलिय बैठकले लकडाउनसँगै विभिन्न उद्योग, कलकारखाना, निर्माण कम्पनी समेत बन्द भएको अवस्थामा दैनिक ज्यालामजदुरी गरी गुजारा चलाईरहेका परिवालाई आवश्यकता अनुसार राहत उपलब्ध गराउन वडामा रहेको सर्वदलिय समितिले परिचान गरी सिफारिस गर्ने निर्णय गरेको छ । त्यसैगरी तेमालमा स्थायी घर भइ अन्य ठाउँमा अलपत्र परेकामा तत्काल गाउँपालिकाले उद्दारका समन्वय गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७६, २० चैत्र बिहीबार  ७ : ४६ बजे

रामकुमारी झाँक्रीसहितका नेताहरू आज एमाले फर्किँदै

काठमाडौं । एकतापछि नेकपा (एमाले) मा नफर्केका नेताहरू आज (सोमबार)

मधेशको मुख्यमन्त्रीमा ठूलो दलको नाताले एमालेका सरोज यादव नियुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले)

मधेस प्रदेशमा तीन मन्त्री नियुक्त, होटलमा शपथ ग्रहण

जनकपुरधाम । मधेस प्रदेशमा तीन जना मन्त्री नियुक्त भएका छन्। नेकपा

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत