२०८२, २५ कार्तिक सोमबार

महाभारत-५ का वडाध्यक्ष मोक्तानले वडा भवन मै बनाए क्वारेन्टाइन

महाभारत-५ का वडाध्यक्ष मोक्तानले वडा भवन मै बनाए क्वारेन्टाइन


धुलिखेल, २० चैतः काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष रविन मोक्तानले आफ्नै कार्यालय भवनमा क्वारेन्टाइन बनाएका छन् । चार किल्लामा निर्माण भएको वडा कार्यालयको नयाँ भवनमा अध्यक्ष मोक्तानले कोरोना भाइरसको जोखिम भएका ब्यक्ति राख्न ६ वेडको क्वारेन्टाइन बनाएका हुन् ।

वडाध्यक्ष मोक्तानले स्थानीय तहमै काठको बेड बनाएर क्वारेन्टाइन तयार पारेका छन् । ‘यो विपद्को समयमा भवन खालि राख्नु भन्दा आम जनताको सेवाका लागि उपयोग गर्न दिँदा राम्रो हुन्छ, यस्तो बेला हामीले जहाँबाट जे सक्छाै त्यहि सहयोग गर्ने हो, वडाध्यक्ष मोक्तानले भने ‘अहिले हामी पुरानै भवनबाटै काम चलाई रहेका छौँ ।’

पालिकाले वडा नम्बर ४ मा रहेको महासिद्धी प्राथमिक विद्यालयको भवनमा समेत ८ वेडको क्वारेन्टाइन तयार पारिसकेकाे छ । पालिकाभर १७ वेडको क्वारेन्टाइन बनाइने गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । उनका अनुसार पालिकाभित्र एक महिनाको बिचमा विदेशबाट आएका मध्ये १५ जना पालिकाको सम्पर्कमा रहेका छन् ।

प्रकाशित मिति : २०७६, २० चैत्र बिहीबार  ३ : ११ बजे

रामकुमारी झाँक्रीसहितका नेताहरू आज एमाले फर्किँदै

काठमाडौं । एकतापछि नेकपा (एमाले) मा नफर्केका नेताहरू आज (सोमबार)

मधेशको मुख्यमन्त्रीमा ठूलो दलको नाताले एमालेका सरोज यादव नियुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले)

मधेस प्रदेशमा तीन मन्त्री नियुक्त, होटलमा शपथ ग्रहण

जनकपुरधाम । मधेस प्रदेशमा तीन जना मन्त्री नियुक्त भएका छन्। नेकपा

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत