२०८३, ३१ श्रावण सोमबार

काभ्रेमा लकडाउन उल्लंघन गर्ने १४९ जना नियन्त्रण

काभ्रेमा लकडाउन उल्लंघन गर्ने १४९ जना नियन्त्रण


धुलिखेल, १८ चैतः सरकारले पहिलो चरणमा घोषणा गरेको लकडाउनको अन्तिम दिन आज काभ्रे प्रहरीलेले निकै कडाइ गरेको छ ।

प्रहरीले राजमार्गमा अनावश्यक हिड्डुल गर्ने र हुल बाँधेर घाम ताप्ने १ सय ४९ जनालाई नियन्त्रणमा लिइरहेको छ । सबैभन्दा बढी बनेपाबाट १ सय २२ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कायालय काभ्रेका डिएसपी कुमार विक्रम थापाले जानकारी दिए ।

जिल्लाको धुलिखेल, पनौती, भकुण्डे, पाँचखाल, कुन्ताबेशी जस्तो मुख्य–मुख्य बजार क्षेत्रमा प्रहरीले सक्रियता बढाएको हो । प्रहरीले मोटरसाइकल २३ वटा, स्कुटी ४, कार र बस सहित २९ वटा सवारी साधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । इलाका बनेपा प्रहरीले १ सय २२ जनालाई पोलिटेक्निकलको खेलमैदानमा लगेर लकडाउनमा ख्याल गर्नुपर्ने कुरा र कोरोना भाइरसबाट जोगिने उपायका बारे ३ घण्टामा सम्म राखेर छोडेको थियो ।

अब देखि अनावश्यक रुपमा बाहिर हिड्डुल नगर्ने लिखित प्रतिबद्धता जनाएर छोडेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले बताए । प्रहरीले आफु मातहातका सबै युनिटलाई कडा निर्देशन दिदैँ अत्यावश्क बाहेक हिड्डुल गर्ने जो कोहिलाई पनि नियन्त्रणमा लिन भनेको छ ।

प्रकाशित मिति : २०७६, १८ चैत्र मंगलबार  ४ : ५७ बजे

भृकुटीमण्डपमा देखिएको भविष्य : नाइमा एक्स्पोले जगाएको नयाँ मोबिलिटीको उत्साह

भृकुटीमण्डपको विशाल प्रदर्शनीस्थलमा केही दिनदेखि छुट्टै संसार देखिन्थ्यो। बाहिर काठमाडौंको

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै, सरकार जोगाउन साना दल निर्णायक

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट विश्वासको

सङ्घीय संसद्का दुवै सदन आज बस्दै, यी छन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ।

चालिसेमा पहिरो खसेपछि बिहानैदेखि पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । धादिङको गजुरी–२ चालिसेमा सडक माथिबाट पहिरो खसेपछि पृथ्वी

पाटन बारमा रास्वपाको ‘शर्मनाक हार’पछि धाँधलीको आरोप, निर्वाचन प्रक्रियामाथि प्रश्न

काठमाडौं । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा रास्वपा निकट