२०८२, १ माघ बिहीबार

काभ्रेमा लकडाउन उल्लंघन गर्ने १४९ जना नियन्त्रण

काभ्रेमा लकडाउन उल्लंघन गर्ने १४९ जना नियन्त्रण


धुलिखेल, १८ चैतः सरकारले पहिलो चरणमा घोषणा गरेको लकडाउनको अन्तिम दिन आज काभ्रे प्रहरीलेले निकै कडाइ गरेको छ ।

प्रहरीले राजमार्गमा अनावश्यक हिड्डुल गर्ने र हुल बाँधेर घाम ताप्ने १ सय ४९ जनालाई नियन्त्रणमा लिइरहेको छ । सबैभन्दा बढी बनेपाबाट १ सय २२ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कायालय काभ्रेका डिएसपी कुमार विक्रम थापाले जानकारी दिए ।

जिल्लाको धुलिखेल, पनौती, भकुण्डे, पाँचखाल, कुन्ताबेशी जस्तो मुख्य–मुख्य बजार क्षेत्रमा प्रहरीले सक्रियता बढाएको हो । प्रहरीले मोटरसाइकल २३ वटा, स्कुटी ४, कार र बस सहित २९ वटा सवारी साधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । इलाका बनेपा प्रहरीले १ सय २२ जनालाई पोलिटेक्निकलको खेलमैदानमा लगेर लकडाउनमा ख्याल गर्नुपर्ने कुरा र कोरोना भाइरसबाट जोगिने उपायका बारे ३ घण्टामा सम्म राखेर छोडेको थियो ।

अब देखि अनावश्यक रुपमा बाहिर हिड्डुल नगर्ने लिखित प्रतिबद्धता जनाएर छोडेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले बताए । प्रहरीले आफु मातहातका सबै युनिटलाई कडा निर्देशन दिदैँ अत्यावश्क बाहेक हिड्डुल गर्ने जो कोहिलाई पनि नियन्त्रणमा लिन भनेको छ ।

प्रकाशित मिति : २०७६, १८ चैत्र मंगलबार  ४ : ५७ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा