२०८२, २९ पुस मंगलबार

तेमाल–१ का वडाध्यक्षले भने ‘जुवातास र भोजभतेर गरे कारबाही हुन्छ’

तेमाल–१ का वडाध्यक्षले भने ‘जुवातास र भोजभतेर गरे कारबाही हुन्छ’


धुलिखेल, १८ चैतः तेमाल गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष मान बहादुर श्रेष्ठले जुवातास नखेल्न र भोजभतेर नगर्न आग्रह गरेका छन् । कोरोना भाइरस विरुद्धको सचेतना जोगाउन गाउँ–गाउँ पुगेका वडाध्यक्ष श्रेष्ठले जुवातास खेल र भोजभतेर गर्नेलाई बारबाही गर्ने बताएका हुन् ।

माइकिङ गर्दै आधाबाट, बोहोरे दोभान, अमलटार, कल्लेरीपाखा, लामागाउँ, भैसेँ, कोटतेमाल र खानीगाउँ पुगेको वडाध्यक्ष श्रेष्ठले स्थानीयलाई धेरै मान्छे जम्मा भएर भोजभतेर नगर्न उर्दी जारी गरेका हुन् । ‘यो कुनै जात्रा, मेला, महोत्सव, रमाइलो गरेर धेरै मान्छे जम्मा भएर भोजभतेर गर्ने समय होइन्, वडाध्यक्ष श्रेष्ठले भने ‘आफ्नै घरभित्र सुरक्षित बस्ने हो, हुलहुज्जत गर्ने, जाडरक्सी सेवन गर्ने र जुवातास लेख्नेलाई कारबाही हुन्छ ।’

वडा नम्बर १ मा विदेशबाट आएका ४ जना वडाको सम्पर्कमा रहेको वडाध्यक्ष श्रेष्ठले बताए । ‘विदेशबाट आएकालाई कम्तिमा दुई हप्ता परिवारसँगको सम्पर्कबाट पनि टाढै बस्नु भनेका छौँ, वडाध्यक्ष श्रेष्ठले भने ‘कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिए तत्काल अस्पताल जान अनुरोध गरेका छाँै ।’

प्रकाशित मिति : २०७६, १८ चैत्र मंगलबार  ९ : २७ बजे

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता

“बागबजारको होडिङ बोर्ड” सपना र संघर्ष

धेरैपछि काठमाडौँ आएको छु,अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्दा पहिलो सासमै केही फरक

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा