२०८२, २९ पुस मंगलबार

पनौती र रोशीले तयार पारे विदेशबाट आउनेको विवरण

पनौती र रोशीले तयार पारे विदेशबाट आउनेको विवरण


धुलिखेल, १८ चैतः काभ्रे जिल्लाका दुई स्थानीय तहले विदेशबाट आफ्नो स्थानीय तहमा आइपुगेकाहरुको विवरण तयार पारेका छन् । पनौती नगरपालिका र रोशी गाउँपालिकाले विदेशबाट फर्केहरुका नागरिकको तथ्याङ्क संकलन गरेको हो ।

फागुन १५ देखि चैत १७ गतेसम्म ९५ जना नागरिक विभिन्न देशबाट पनौती नगरपालिकामा आइपुगेको तथ्याङ्कमा उल्लेख गरिएको छ । सबैभन्दा बढी वडा नम्बर १२ का २३ जना विदेशबाट नागरिक आइपुगेको नगरपालिकाले जनाएको छ ।

त्यस्तै वडा नम्बर ४ मा १४ जना, ११ मा १२ जना र १० नम्बर वडामा १० जना नागरिक विदेशबाट आएका छन् ।
त्यस्तै रोशी गाउँपालिकामा एक महिनाको बिचमा १२ जना विदेशबाट आएका छन् । गाउँपालिकाले संकलन गरेको तथ्याङ्क अनुसार मलेसियाबाट ३ जना, दुबई र कतारबाट २/२ जना, अमेरिका र इराकबाट १/१ जना, जापान र माल्टाबाट १/१ जना आएको स्वास्थ्य शाखाका दिल रत्न शाक्यले बताए ।

नगरपालिका र रोशी गाउँपालिकाका स्वास्थ्य शाखाले विदेशबाट फर्किएका नागरिकलाई निगरानीमा राखेका छन् । घरभित्रै सुरक्षित बस्न र कुनै किसिमको स्वास्थ्य समस्या देखिए तत्काल स्वास्थ्य संस्थामा जान अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २०७६, १८ चैत्र मंगलबार  ८ : २० बजे

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता

“बागबजारको होडिङ बोर्ड” सपना र संघर्ष

धेरैपछि काठमाडौँ आएको छु,अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्दा पहिलो सासमै केही फरक

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा