२०८२, २५ कार्तिक सोमबार

काभ्रेका टिपर ब्यवसायीहरुले भने ‘क्वारेन्टाइनमा बस्नेका लागि १० टन चामल दिन्छाैँ’

काभ्रेका टिपर ब्यवसायीहरुले भने ‘क्वारेन्टाइनमा बस्नेका लागि १० टन चामल दिन्छाैँ’


धुलिखेल, १७ चैतः बागमती टिपर ब्यवसायी संघले कोरोना भाइसर संक्रमित राख्न तयार क्वारेन्टाइनका लागि १० टन चामल उपलब्ध गराउने भएको छ । संघका अध्यक्ष प्रेम लामाले काभ्रे, सिन्धुपाल्चोक र भक्तपुर जिल्लामा स्थापना गरिएका क्वारेन्टाइनमा बस्नेका लागि १० टन चामलको ब्यवस्था आफुहरुले गरेको जानकारी दिए ।

जिल्ला बिपद ब्यबस्थापन समितिको मागको आधारमा तीन वाटै जिल्लामा चामल उपलब्ध गराइने संघका अध्यक्ष लामाले बताए । ‘यो विपद्को बेला हो, हामीले जे जति सक्छौँ, त्यो सहयोग गर्नुपर्छ, लामाले भने ‘हामीले उपलब्ध गराउने चामल तीन जिल्लाको लागि हो ।’

ब्यवसायीहरुको सबैभन्दा ठूलो संस्था काभ्रे उद्योग वाणिज्य संघले १२ बोरा मात्रै चामल जिल्ला विपद् ब्यवस्थापन समितिले हस्तान्तण गरेको थियो । तर टिपर ब्यवसायीहरुले भने अहिलेसम्मकै ठूलो खाद्यान्न सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

वाणिज्य संघले १२ बोरा चामल, दुई बोरा चिउरा, एक बोरा रातो दाल, दुई बोरा मस्याउरा, एक बोरा नुन र दुई बाक्सा खाने तेल हस्तान्तरण गरेको थियो । त्यस्तै संघले विभिन्न संघसंस्थासँगको सहकार्यमा ५० वटा क्वारेन्टाइन वेडलाई आवश्यक पर्ने सामग्री पनि हस्तान्तण गरेको थियो ।

प्रकाशित मिति : २०७६, १७ चैत्र सोमबार  ६ : ४२ बजे

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

सोमबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।