२०८२, २० असार शुक्रबार

नमोबुद्ध नगरपालिका-२ ले भन्यो ‘एक घरबाट अर्को घर पनि प्रवेश नगर्नु’

नमोबुद्ध नगरपालिका-२ ले भन्यो ‘एक घरबाट अर्को घर पनि प्रवेश नगर्नु’


धुलिखेल, १७ चैतः कोरोना भाइसर फैलन नदिन काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर २ ले कठोर निर्णय गरेको छ । वडाध्यक्ष सञ्जिव ढकालले नेपाल सरकारबाट संक्रमणको पूर्ण अन्त्य भएको घोषणा नहुँदा सम्म एक टोलका बासिन्दा अर्को टोलमा, एक गाउँबाट अर्को गाउँमा र एक घरका सदस्य अर्को घरमा प्रवेश नगर्न आग्रह गरेका हुन् ।

वडा नम्बर २ ले पछिल्लो समय विदेशबाट आएका मानिसहरुका सम्पर्कमा नजान समेत अनुरोध गरेको छ । हाल नेपालमा विदेशबाट आएका मानिसहरुमा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै वडाध्यक्ष ढकालले उनीहरुको सिधा सम्पर्कमा नजान आग्रह गरे । वडा कार्यालय आफ्नो क्षेत्रमा अपरिचित ब्यक्तिलाई प्रवेश निषेध गरेको छ ।

गाउँमा प्रवेश गरेका नयाँ मान्छेका आनीबानी, हिडाई डुलाई र जनसम्पर्क कस्थो थियो भन्ने जानकारी हुन नसक्ने भएकाले त्यस्ता ब्यक्तिहरुलाई प्रवेश निषेद गरिएको वडाध्यक्ष ढकालले बताए । अन्तर्राष्ट्रिय उडान रद्द गर्नु अघि विदेशबाट वडामा आएका सबैलाई क्वारेन्टाइनमा बस्न वडा कार्यालयले भनेको छ ।

प्रकाशित मिति : २०७६, १७ चैत्र सोमबार  ३ : ४५ बजे

रामेछापका आधा सरकारी कार्यालय स्वतः प्रकाशित गर्नुपर्ने सूचना पनि प्रकाशित गर्दैनन्

रामेछाप । रामेछाप जिल्लाका झण्डै आधा सरकारी कार्यालयमा सूचनाको हक

तस्विरमा धरहरा वरपरकाे क्षेत्र

काठमाडौं । धरहरा परिसर पुनर्निर्माणपछि थप आकर्षक र व्यवस्थित बनेको

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक