२०८२, १४ फाल्गुन बिहीबार

चौरीदेउरालीका-५ का वडाध्यक्ष गौतमले गरे ९ जना मजदुरको उद्धार

चौरीदेउरालीका-५ का वडाध्यक्ष गौतमले गरे ९ जना मजदुरको उद्धार


धुलिखेल, १७ चैतः काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष राजकुमार गौतम (आयुष) ले ९ जना मजदुरको उद्धार गरेका छन् । आफ्नै वडामा निर्माधिन चौरिखोला ढोकाडाँडा लिफ्ट खानेपानी आयोजनामा कार्यरत मजदुरहरुको उद्धार गरेका हुन् ।

पर्सा र मकवानपुरका ९ जना मजदुर करिब १ महिना अघि खानेपानीको काम गर्न पोखरी चौरी पुगेका थिए । निर्माण ब्यवसायले पछि हिसाब मिलान गर्ने गरी हाललाई घरसम्म पुग्ने सबै खर्च वडाध्यक्ष गौतमले गरेका हुन् । संञ्जिवनी निर्माण सेवा प्रा.लिले चौरिखोला ढोकाडाँडा लिफ्ट खानेपानी आयोजनाको जिम्मा पाएको थियो । ‘लकडाउन भएपछि सबै काम राकियो, घर परिवारबाट पनि छिटो आउन भनेपछि उनीहरु आत्तिरहेका थिए, वडाध्यक्ष गौतमले भने ‘आफ्नै ठाउँमा काम गरिरहेका मजदुरहरुलाई सहज रुपमा घर जाने वातारण मिलाइदिएको हुँ ।’

वडाध्यक्ष गौतम आफै जिल्ला प्रशासन कार्यालय धुलिखेलमा आएर सवारी पास बनाइ मजदुरहरुलाई घरसम्म पुर्याउन वातावरण मिलाएका हुन् । उद्धार गरिएका मजदुरहरुमा पर्साका प्रेम बाबु शाह, सुनिल पासवान, राम बाबु पासवान, परपु पासवान, सुनिल मण्डल, र मन्दिप महतो छन् । त्यस्तै मकवानपुर राजन थिङ, गणेश नेपाली र मिलन घिमिरे रहेको वडाध्यक्ष गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, १७ चैत्र सोमबार  २ : ४७ बजे

शंकर पोखरेलको विकास दृष्टि : संरचना,स्थायित्व र समृद्ध भविष्यको रणनीतिक मार्गचित्र

राजनीतिमा प्रतिबद्धता धेरैले व्यक्त गर्छन् । तर त्यसलाई योजनाबद्ध दृष्टि,

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको