२०८२, २५ कार्तिक सोमबार

काभ्रे च्यासिङ्खर्कका हरेक नागरिकलाई मास्क

काभ्रे च्यासिङ्खर्कका हरेक नागरिकलाई मास्क


धुलिखेल, १७ चैतः काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ५ च्यासिङ्खर्कका हरेक नागरिकलाई मास्क वितरण गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिने उपाय सहित नेकपाका युवाहरूले घर–घरमै पुगेर मास्क वितरण गरेका हुन् ।

आत्मा बिकास सेवा समाज दक्षिण कोरियाले गरेको ४३ हजार आर्थिक सहयोगबाट ३ हजार पिस मास्क खरिद गरेर गाउँमा वितरण गरिएको नेकपा च्यासिङ्खर्कका नेता पेमा लामाले बताए । च्यासिङ्खर्कको कामीडाँडा, वाइबाडाँडा, माझटोल, गोलेटोल, भञ्ज्याङ्, मदनबास, छापडाँडा, छिर्के, लडकुखोला पौवामा मास्क वितरण गरिएको छ ।

त्यस्तै भङ्गला, खल्ते, च्यालटि, गोठडाँडा, मानेचौर, हुमाङडाँडा लगायत गाउँका घर–घरै पुगेर माक्स बितरण गरिएको आत्मा बिकास सेवा समाज दक्षिण कोरियाका सस्थापक अध्यक्ष गुन्जमान तामाङले जानकारी दिएका छन । ‘यो महामारीको समयमाले एकले अर्कोलाई सहयोग गर्दा मात्रै समस्याको समाधान हुन्छ, अध्यक्ष तामाङले भने ‘त्यहि भएर सचेतनाका लागि मास्क वितरण गरेका हौँ ।’

अध्यक्ष लामाका अनुसार गाउँमा कोरोना भाइरस रोगथामका लागि आत्मा बिकास सेवा समाज दक्षिण कोरियाले स्थानीय तहमा विभिन्न सरोकारवाला पक्षसँग समन्वय गरेर सचेतना मुलक कार्यक्रम गरिरहेको छ । हाल दक्षिण कोरियामा नै रहेका रहर लामाकाे नेतृत्वमा रकम संकलन गरी पठाइएकाे हाे ।

प्रकाशित मिति : २०७६, १७ चैत्र सोमबार  १ : २८ बजे

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

सोमबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

मलेसियाली तटमा आप्रवासी चढेको डुङ्गा दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं । म्यानमारबाट भागेका रोहिंग्या आप्रवासी बोकेको डुंगा थाइल्यान्ड-मलेसिया समुद्री